८ असार, नेपालगञ्ज/ नेपालमा कोरोना भाईरस संक्रमितहरुको सोमबार थप ५ सय ३५ जना थपिएका छन ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न ठाउंमा रहेका सरकारी ल्याबहरुमा गरिएको परिक्षणमा ७६ जिल्लाका ७४ जना महिला र ४ सय ६१ जना पुरुष गरि ५ सय ३५ जनामा कोरोना संक्रमित भएको जानकारी सार्वजनिक गरेको छ ।
यो पछील्लो तथ्यांक सगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ । संक्रमित हुनुहुनेहरुमा ८ सय ९४ जना महिला र ८ हजार ६ सय ६७ जना पुरुष रहनुभएको छ ।
नेपालमा ४ महिला र १९ जना पुरुष गरि हाल सम्म २३ जनाको कोरोनाबाट मुत्यू भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ । सोमबार कोरोना संक्रमण निको भई ३ सय ३८ जना पुरुष र ३२ जना महिला गरि ३ सय ७० जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ६१ जना पुगेको छ ।
सोमबार परिक्षण गरिएकाहरु मध्य दांग १३ जना, भरतपुर २१ जना, धुलीखेल ४२ जना, पोखरा ३२ जना, रुपन्देही १०३ जना, बिराटनगर कोशी १७ जना, राजबिराज १३ जना र टेकु काठमाण्डौंमा २ सय ८३ जना गरि नेपालको रसुवा जिल्ला बाहेक सबै जिल्लाका बासिन्दामा कोरोना संक्रमण देखिएको छ ।
हाम्रो संरचना । ८ असार २०७७, सोमबार १६:३३