४ मुद्दामा दोषि र ५ वटामा फरार कुख्यात धर्मा सिंह उर्फ राजेश बांके प्रहरीबाट पक्राउ

प्रेस मिट कार्यक्रममा फरार राजेश उर्फ धर्मासिंह माथी र कार्यक्रम सहधभागी पत्रकार तथा बांके प्रहरी प्रमुख ओम राना समेतको टिम ।

९ असार, नेपालगञ्ज/  बांके प्रहरीले बिभिन्न ४ वटा मुद्धामा अदालतबाट दोषि ठहर भई अन्य ५ वटा मुदामा कर्तब्य ज्यान जस्ता संगिन अपराधमा फरार अभियुक्तलाई सोमबार राती पक्राउ गरेको छ ।

नेपालगञ्जको उपमहानगरको पूर्वी सिमाना संगै जोडिएको डुडुवा गाउंपालिका वडानम्बर ३ ततकालिन बनकटटी गाबिसको वाडनम्बर ५ निवासी ३१ बर्षिय धर्मा सिंह उर्फ राजेश यादवलाई पक्राउ गरेको हो ।

धर्मा सिंहले बांके जिल्लाको बिभिन्न ठाउंमा रहेको समाजमा अपराध गरि भारत फरार भएर लुक्दै आएकोमा सोमबार राती प्रहरीले बिशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको छ ।

धर्मा सिंहले कथित राजनितिक दलको नाममा बिभिन्न ब्यक्तीलाई चन्दा माग गर्ने नदिए अपहरण गरेर पिरौती रकम माग गरेको बिक्रम सम्वत २०७० पुष १३ गतेको अभियोगमा बिक्रम सम्वत २०७१ साल फागुन १७ गते जिल्ला अदालत बांकेले ४ बर्ष कैद र ३० हजार रुपैया जरिवानाको फैसला गरेको थियो ।

त्यसैगरि २०६८ साल चैत्र ६ गते गनापुरमा रहेको एक प्यांक्ट्रीमा बम बिष्फोट गराएकोमा २०७२ साल माघ १८ गते ६ महिना कैद र ५ हजार जरिवाना जिल्ला अदालत बांकेले फैसला गरेको थियो ।

अर्को अपराधमा मिति २०६८ मंसिर १४ गते भुमिसुधार र मालपोत कार्यालय बांकेमा बम बिष्फोट गराएको अपराधमा पनि ६÷६ महिना कैद र ५÷५ हजार जरिवानाको जिल्ला अदालत बांकेले फैसला गरेको थियो ।

यसैगरि धर्मा सिंह उर्फ राजेश यादवले बांकेको पुरैनामा २०६६ साल भदौं २१ गते छन्द बिक्रम मल्ललाई अपहरण गरि हत्या गरेको मुद्धामा फरार रहेका थिए । २०६६ पुस ९ गते हतियार सहित पक्राउ मुद्धामा फरार रहेको, त्यसैगरि २०६६ पुस ९ गते फिरौती रकम माग गरेको, राज बहादुर सिंहलाई गोली हानी कर्तब्य ज्यान मुद्दा, होलीयाको नन्ना यादबलाई गोली हानी मारेको जस्ता केही घटनामा अदालतबाट दोषि करार भईसकेका र केही मुद्धामा फरार रहेको धर्मा सिंहलाई निजको घरमा नै सुतिरहेको अवस्थामा बिशेष स”चनाको आधारमा पक्राउ गरेको गरेको छ ।

मंगलबार बिहान करीब ३ बजे पक्राउ परेका धर्मा सिंहलाई मंगलबार बिहान साढे ८ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बांकेको हालै नेतृत्व सम्हाल्नु भएका प्रमुख उपरिक्षक ओम बहादुर राना मगरले सोमबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रममा बिशेष गरि १७ वटा बुंदमा परिणाम मुखि काम गर्ने र माहहतमा गराउने प्रतिबद्धता गरेकै बुदा नम्बर ८ मा फैसला कार्यान्वयन तथा फरार प्रतिबादी पक्राउ गर्ने सार्वजनिक रुपमा प्रतिबद्धता गर्नुभएको छ ।

उक्त बुंदाको प्रतिबद्धता कार्यन्वयनका लागि नेपालगञ्ज स्थित एक बित्तिय सहकारीमा भएको घोटालामा दर्जनौ प्रतिबादीहरु हाल सम्म पनि कृतिम रुपमा फरार रहेका छन । त्यसलायृ कसरी हेर्ने छ यो भने पर्खिनु पर्ने नै हुन्छ ।