नेपालमा कोरोनाबाट २४ जनाको मुत्यू, १० हजार ९९ जना संक्रमित


९ असार, नेपालगञ्ज/ नेपालमा मंगलबार थप ५ सय ३८ जना कोरोना  भाईरस संक्रमितहरु थपिएका छन ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न ठाउंमा रहेका सरकारी ल्याबहरुमा गरिएको परिक्षणमा ७६ जिल्लाका ९० जना महिला र ४ सय ४८ जना पुरुष गरि ५ सय ३८ जनामा कोरोना संक्रमित भएको जानकारी सार्वजनिक गरिएको छ ।

यो पछील्लो तथ्यांक सगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या १० हजार ९९ जना पुगेको छ ।

संक्रमित हुनुहुनेहरुमा ९ सय ४ जना महिला र ९ हजार १ सय ८५ जना पुरुष रहनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले  जानकारी दिनुभएको छ ।

नेपालमा ४ महिला र २० जना पुरुष गरि हाल सम्म २४ जनाको कोरोनाबाट मुत्यू भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ ।

मंंगलबार कोरोना संक्रमण निको भई ६८ जना पुरुष र ८ जना महिला गरि ७६ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १९८ जना महिला र २ हजार ३५ जना पुरुष गरि २ हजार २ सय २४ जना पुगेको छ ।

संक्रमित हुनेहरुमा

कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, प्युठानका ५० जना , कास्कीका ८ जना, गुल्मीका ५ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना,  रुपन्देहीका ३ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना , लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना , सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना,हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जनामा मंगलबार कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै झापाका १२ जना, सप्तरीका २२, सुनसरीका ३ जना, मोरङका २ जना, रौटहटका १३ जना, सर्लाहीका २ जना , सिरहाका ७ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना , अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ रहेका छन् ।