१० असार, नेपालगञ्ज/ नेपालमा बुधबार थप ६ सय २९ जना कोरोना भाईरस संक्रमितहरु थपिएका छन ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न ठाउंहरुमा रहेका सरकारी ल्याबहरुमा गरिएको परिक्षणमा ७६ जिल्लाका १ सय १० जना महिला र ५ सय १९ जना पुरुष गरि ६ सय २९ जनामा कोरोना संक्रमित भएको पाईएको छ ।
यो पछील्लो तथ्यांक संगै नेपालमा कोरोना संकमित हुनेहरुको जम्मा संख्या १० हजार ७ सय २८ जना पुगेको छ ।
संक्रमित हुनुहुनेहरुमा १ हजार १४ जना महिला र ९ हजार ७ सय १४ जना पुरुष रहनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।
बुधबार कोरोना संक्रमण निको भई १०६ जना पुरुष र ८ जना महिला गरि थप १ सय १४ जना डिस्चार्ज हुनुभएको छ ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ सय ६ जना महिला र २ हजार १ सय ४१ जना पुरुष गरि २ हजार ३ सय ४१ जना पुगेको छ । नेपालमा ४ महिला र २० जना पुरुष गरि हाल सम्म २४ जनाको कोरोनाबाट मुत्यू भएको छ ।
संक्रमित हुनेहरु जिल्लागत रुपमा…..
पाल्पा १५
गुल्मी ५
कपिलवस्तु १
रुपन्देही १
बाँके ९
बर्दिया १
दाङ ७६
प्यूठान १०
जाजरकोट १
सुर्खेत १४
दैलेख ४
कालिकोट १
कैलाली १०३
अछाम २३
बाजुरा १
कञ्चनपुर १
वैतडी ४
बाजुरा ७
डोटी ४८
कैलाली ४८
कञ्चनपुर ८५
पर्वत २
गोरखा ३
कास्की ४
बागलुङ ९
कास्की ५
लमजुङ ५
पर्वत १
तनहुँ १
स्याङ्जा ७
नवलपूरासी पूर्व ५
काठमाडौं १
चितवन १
झापा ११
सुनसरी १
मोरङ १
सप्तरी ६
धनुषा २०
महोत्तरी १२
सर्लाही १
रौतहट ४४
सर्लाही २०
धादिङ २
भक्तपुर १
हाम्रो संरचना । १० असार २०७७, बुधबार १७:०३