हाम्रो संरचना बिहिबार, असार २५, २०७७ 210 Views

१२ असार,कोहलपुर/  बांकेको कोहलपुर नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका बैंक कम्पनीहरुमा कार्यरत प्रबन्धकहरु सदस्य रहेको संस्था बैंकर क्लवको शुक्रबार नयाँ नेतृत्व छनौट गरिएको छ ।

साधारण सभाले लक्ष्मी बैंक लिमिटेडको कोहलपुर स्थित शाखा प्रमुख पदमा कार्यरत नेपालगञ्ज धम्बोजी, निवासी रीमा मल्ललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

पेशागत एकताको प्रर्दशन गरि आईपर्ने झनझट तथा समस्याह्ररुलाई एकमनाका साथ समाधान गर्न लुकेको तर मुख्य उदेश्य रहेको उक्त क्लबका शुकबार भेला भएका सदस्यहरुले अन्य नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा सनराइज बैंकका मनोज आचार्य, उपाध्यक्षमा ज्योती विकास बैंकका बिनोद सामान्त, कोषाध्यक्षमा सिटिजन बैंकका बिनोद कुँवर, सह–कोषाध्यक्षमा प्रभु बैंककल्पना घिमिरे, सचिवमा माछापुच्छ्रे बैंकका अनिल कुमार विष्ट, सह–सचिवमा एनबी बैंकका नवल आचार्य रहनुभएको छ ।

पदेन सदस्यमा साइन रेसुगां बैंकका अशोक कोइराला, सिद्धार्थ बैंकका निर्मल बम र गरिमा बैंकका निलकण्ठ रेग्मी रहनुभएको छ ।

सूचना तथा समन्व प्रमुख अर्थात प्रवक्तामा सिभिल बैंकका बसन्तकुमार रेग्मीलाई चयनगरिएको छ । साधारणसभाले बरिष्ठ सल्लाहकारमा ग्लोबल आईएमईका नेपालगञ्ज धम्बोजी निवासी निर्मल बुढाथोकीलाई चयन गरिएको छ ।