जिवनका लागि कोरोनासंग संघर्ष जारि: बांकेमा ३ जना आइसियु, ४४ जना आइसोलेसन र ८८८ जना क्वारेन्टाइनमा

१४ असार, नेपालगञ्ज/  बांके जिल्लामा कोरोना भाइरस संक्रमण ओरालो लागे पनि यसको जोखिम भन्ने उच्च नै रहेको छ । भारतबाट नेपालगञ्जको जमुनहा नाका भएर दैनिक अझै पनि सयौंको संख्यामा नेपाल भित्रिरहेका छन ।

बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगको नेतृत्वमा जिल्ला स्थित सबै सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका ब्यक्तीहरु पदेन सदस्य रहेको बांके बिपत ब्यवस्थापन टिमले पछील्लो समयमा उच्च मनोबलका स्थानिय निकाय र बासिन्दाको साथ सहयोग लिएर गरेको कामले पनि कोरोना पनि संख्यात्मक रुपले ओरालो लाग्दै गएको छ ।

नेपाल–भारत सिमा क्षेत्र जमुनहा भएर भारतबाट आउने नेपालीका लागि उचित ब्यवस्थापन हुन नसक्दा लुकिछिपी नेपालका गाउं बस्ती तथा शहरहरुमा घर फिर्ता आउनु भएका कोरोना संक्रमित ब्यक्तीहरुबाट कोरोना भाईरस संक्रमण फैलन सुरुवात गरेकोमा बांके टिमले त्यसलाई नियन्त्रण गर्ने प्रयास गरेको छ ।

भारतबाट नेपाल आउने नेपाली ब्यक्तीहरुलाई सम्मानका साथ जमुनहामा निर्माण गरिएको होल्डींग सेन्टरमा ब्यवस्थापन गरि बांकेका सिडियो मार्फत होल्डींग सेन्टरमा रहेका बासिन्दाको जिल्लाका सिडियोसंग समन्वय गरेर सम्वन्धीत जिल्लामा पठाउने र सम्वन्धीत जिल्लाको सिडियोले सम्वन्धीत बासिन्दाको घर भएको स्थानिय निकायसंग समन्वय गरेर आवश्यक क्वारेन्टाई पठाउने कार्यले समूदाय स्तरमा कोरोना भाइरस फैलिन रोक्ने प्रयास गरिएको छ ।

हाल नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरस संक्रमणका ब्यक्तीहरु भेटिएका छन । ति प्रयाः आफनो घरपरिवार र समूदाय स्तरमा कोरोना भाईरस नफैलियोस भनेर अरुको हितका लागि सम्वन्धीत जिल्लाको क्वारेन्टाइनमा बस्नुभएका ब्यक्तीहरुबाट गरिएको परिक्षणको क्रममा संक्रमण पाइएको हो ।

पश्चिम नेपालको प्रबेश केन्द्रको रुपमा रहेको बांकेमा असार १४ गते आइतबार सम्म पनि भारतबाट नेपाल आउने क्रम जारि रहेको छ ।

शनिबार मात्र कर्णाली प्रदेशका ३३ जना गरि १ सय २९ जना जमुनहा नाकाबाट नेपाल प्रबेश गरेका छन । नेपाल आएका ब्यक्तीहरुको सम्वन्धीत गन्तब्यका लागि ब्यवस्थापन गरि पठाइएकोमा ३ जना शनिबार राती होल्डींग सेन्टरमा नै बास बस्नुभएको बांके बिपत ब्यवस्थापन टिमका प्रमुख समेत रहनुभएका बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी गराउनु भएको छ ।

बांकेमा कोरोना संक्रमितको अवस्था

बांके जिल्लामा असार १४ गते आईतबार सम्ममा जिल्लामा निर्माण गरिएका बिभिन्न क्वारेन्टाइनमा ८ सय ८८ जना रहनुभएको छ । बांकेमा ३ सय ५२ जना कोरोना संक्रमण देखिएकोमा ३ सय ११ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसक्नुभएको छ । २ जनाको दुखद निधन भएको छ । हाल ३ जना आइसियुमा अन्य ४४ जनाको आइसोलेसनमा रहनुभएका ब्यक्तीहरुले कोरोना भाइरस संग संघर्ष गरिरहनुभएको छ ।

नेपालगञ्ज स्थित भेरी अस्पतालमा स्थापन गरिएको कोरोना भाइरस परिक्षण केन्द्रमा शनिबार सम्म ८५५७ आरडिटी र ६८४४ जनाको आरटिपिसिआर परिक्षण गरिएको छ ।

बांके जिल्लामा पछील्लो पटक बांके बिपत ब्यवस्थापन र स्थानिय निकायको समन्वयमा ११९ वटा क्वारेन्टाइन भवनमा ३८६१ बेड तयारी अवस्थामा राखिएको छ भने १५ ठाउंमा आइसोलेसन केन्द्र स्थापना गरि ३८० वटा आइसोलेसन बेड निर्माण गरिएका छन भने ५ ठाउंमा गरि भेन्टीलेटर सहितको २८ वटा बेड आईसियूका लागि तयारी अवस्थामा राखिएको छ ।

बांकेमा आइसोलेसन बेड निर्माण गरिएका ठाउंहरु…

बांकेमा कोरोना भाइरस संक्रमित ब्यक्तीहरु राखेर उपचार ब्यवस्था मिलाउने गरि आइसोलेसन बेड निर्माण गरिएका ठाउंहरुमा एनआई डिसि भवन आदर्शनगर, नेपालगञ्ज, नेराप्राबि सन्तलीया, जोगागाउं माबि. आधारभुत माबि साहापूर्वा, क्षेत्रिय कृर्षि तालिम केन्द्र खजुरा, लाइन टेन्टल अस्पताल खजुरा रोड, नेपालगञ्ज, शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, कृर्षि बिकास बैंक तालिक केन्द्र पिपरि, प्रथामिक स्वास्थ्य केन्द्रको बनकटुवा, रिम्ना सामूदायिक बनको भवन, जनमुखि सामूदायिक बनको भवन, शिबशक्ती माबि पेरानी, ढकेरी, नेराप्राबि सोनपुर फत्तेपुर, शहित स्मारक भवन सिधनुवा गरि बिभिन्न १५ ठाउं ब्यवस्थापन गरिएको छ ।

नेपालमा कोरोना संक्रमितको अवस्था

नेपालमा शनिबार सम्म ७७ वटै जिल्लाका १३ सय ६९ महिला र १० हजार ९४० पुरुष गरि १२ हजार ३०९ जना ब्यक्तीमा कोरोना भाईरस संक्रमण भएको पाइएको छ । जसमा शनिबार मात्र १ सय २० जना महिला र ४३४ जना पुरुष गरि ५५४ जनामा कोरोना संक्रमण भएको ल्याबको रिपोट बाहिरिएको छ ।

नेपालमा हाल सम्म कोरोना संक्रमित मध्य २४२ जना महिला र २५ सय ९५ जना पुरुष गरि २८ सय ३४ जना कोरोना भाईरसबाट मुक्ती पाईसक्नुभएको छ । यस क्रममा २८ जनाको दुखद निधन भएको छ । हाल ९ हजार ४ सय ४७ जना आइसोलेसनमा रहेर उपचार गराईरहनुभएको छ ।