१४ असार, नेपालगञ्ज/ नेपालमा आईतबार थप ४ सय ६३ जना कोरोना भाईरस संक्रमितहरु थपिएका छन । आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न ठाउंहरुमा रहेका सरकारी ल्याबहरुमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ जनाको आरटिपिसिआर परीक्षण गरिएकोमा १ सय ५ जना महिला र ३ सय ५८ जना पुरुष गरि ४ सय ६३ जनामा कोरोना संक्रमित भएको पाईएको छ ।
यो पछील्लो तथ्यांक संगै नेपालमा कोरोना संकमित हुनेहरु ७७ जिल्लाका संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ । संक्रमित हुनुहुनेहरुमा १ हजार ४ सय ७४ जना महिला र ११ हजार २ सय ९८ जना पुरुष रहनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ । आईतबार सम्म ३ हजार १३ जना डिस्चार्ज भएका छन् भने २८ जनाको मृत्यु भएको छ ।
संक्रमित हुनेहरु जिल्लागत रुपमा….
फरक फरक २ वटा ल्याबको बाजुरामा ६३ र ३१ जना गरि ९ ४ संक्रमित थपिएका छन् ।
महोत्तरी ५६ जना, गुल्मी ३८, प्युठान ३५, दाङ ३४, बाजुरा र नवलपुरका ३१/३१ जना, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहट १७/१७ जना, डोटी १३, रुपन्देहीका १२ र धनुषाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु ८, उदयपुर, तनहुँ र अर्घाखाँची ६/६ जना, कास्की ५, खोटाङ ४ र झापा, दोलखाका पर्वत, म्यादी र पाल्पा २/२ जना
सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा १/१ जना।
हाम्रो संरचना । १४ असार २०७७, आईतवार १७:२५