हाम्रो संरचना बिहिबार, असार २५, २०७७ 115 Views

 चर्चित गायक प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा 

असार १५, नेपालगञ्ज/  प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित रोमाण्टिक भर्सनको गीत तिम्रो मेरो साथ……. बजारमा आएको छ ।
प्रेमीहरु एक अर्का को साथ बिना कति अधुरो छ भन्नेकुरा गितले बोलेको छ । चोखो माया गर्ने जोडीका लागि बनेको यस गीतमा स्वर प्रमोद खरेल र गायिका प्रविशा अधिकारीको रहेको छ भने शब्द र संगित किरण बाबु पुन मगरको रहेको छ ।

म्युजिक भिडियोमा एलिशा पुन मगर र राजकुमार मगर फिचर्ड छन्। बिभिन्न सुन्दर ठाऊमा छायांकन गरिएको भिडियोमा एलिसा र राजकुमारको रोमान्स देख्न सकिन्छ। अमर सुनारले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु गरेका राजकुमार मगरको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। प्राण पुन मगरको लगानीमा निर्माण भएको भिडियोलाई प्राण डिजिटल मार्फत सार्वजनिक गरिएको छ।