असार १५ सम्म नेपालका ७७ जिल्लाका १३ हजार २ सय ४८ जना कोरोना संक्रमित

१५ असार,नेपालगञ्ज/  नेपालमा सोमबार थप ४ सय ७६ जना कोरोना भाईरस संक्रमितहरु थपिएका छन ।  सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिंगको क्रममा नेपालका बिभिन्न ठाउंहरुमा रहेका सरकारी ल्याबहरुमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा १ सय १२ जना महिला र ३ सय ७६ जना पुरुष गरि ४ सय ७६ जना ब्यक्तीमा कोरोना संक्रमित भएको पाईएको छ ।

यो पछील्लो तथ्यांक संगै नेपालमा कोरोना संकमित हुनेहरु ७७ जिल्लाका संख्या १३ हजार २ सय ४८ जना पुगेको छ । संक्रमित हुनुहुनेहरुमा १ हजार ५ सय ८६ जना महिला र ११ हजार ६ सय ४८ जना पुरुष रहनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।