बिचार नमिल्दा नमिल्दै एकाएक पद अनि राजकीय शक्तिका लागी भएको मिलन दीर्घकालीन हुन सक्दैन । यस्तो मिलन ढिलो या चांडो चुडिन्छ- तोडिन्छ । यो सत्यतालाई कसैले पनि रोक्न सक्दैन । जसले रोक्न खोज्छ उ न घरको, न घाटको भएको तमाम इतिहास भएको देश हो नेपाल ।
अब हेरौ अहिलेको सताधारी दल नेकपा भित्रको सत्ता अनि शक्तिका लागि भैरहेको आन्तरिक संघर्षले विभिन्न कालखण्डमा नेपाली राजनितीमा भएको इतिहास पुनरावृत्ति हुन्छ या त्यो इतिहासलाई नेकपाले चुनौती दिनेछ !
आशा गरौं देश र जनताको हितका लागी नेकपाले नराम्रो इतिहासलाई चुनौती नै देवस र फुटको बाटो नसमातोस ।
आज देशमा बाहिय हस्तक्षेप अधिकरुपमा बढदै छ । हाम्रो भुमी छिमेकी राष्ट्रहरुले कब्जा गरिरहेका छ्न ।कोरोनाको कहरले देशको अर्थतन्त्र तहस-नहस भइरहेको छ ।
यथार्थमा भन्ने हो भने यतीखेर मुलुक चौतर्फी जलिरहेको छ । समग्रमा भन्नु पर्दा यतिखेर राष्ट्र साच्चिकै संकटमा छ। यस्तो राष्ट्रमा संकट आईपरेको स्थितिमा सत्ताधारी दलमात्र होइन राष्ट्रिय बिपत्तिका बेला अनेकन–अनेक बिचार सिदान्त बोक्नेहरु पनि यस्तो राष्ट्रिय बिपत्तिलाई परास्त गर्न राष्ट्रिय एक्ताबद्ध हुन जरुरी छ। यसको नेतृत्व राष्ट्रका प्रधानमन्त्रीले कुशलता पुर्ब गर्न आवस्यक हुन्छ ।
यो बिपत्तीको बेला सत्तारूढ दल भित्रनै पद अनि शक्तिका लागि फोहरी खेल खेल्नु किमार्थ रास्ट्र हितका लागि हुनसक्दैन । बिचारले नेकपा संग मेरो कुनै साइनो छैन तर देश जलिरहदा बैचारिक स्वार्थ भन्दा माथी उठेर मेरो देशलाई जोगाउनु पर्छ भन्ने मान्यता राख्ने नेपाली नागरिकको हैसियतले भन्दछु कम्सेकम अहिले देश संकटमा परेको बेला सत्ता र शक्ति प्राप्तिको लागि हुने हिजोका घिनौना खेलको पुनरावृत्ति नगर्दा राजनीतिको इज्जत नै बढ्ने थियो कि कमरेडहरु !
गएको निर्बाचनमा जनताले के.पी. ओलीको नेतृत्वमा ततकालीन एमालेलाई बहुमत र अप्राकृतिक जुटेको माओबादी सहितको नेकपालाई जनमत दिएर जनताले बिश्वास गरेका छ्न । जनताको त्यो बिश्वासलाई यति छिट्टै घात नगर्दा राजनीति गर्ने र देशलाई समृद्ध बनाउने उदघोष गरेकाहरुको प्रतिष्ठा घटने होईन बरु बढेरै जाने छ ।
राजनितिक अस्थिरताको बोझ हामी नेपालीले धेरै बोकी सक्यौं । अब हरेक कोणबाट थिच्चियका निर्दोष नेपालीले तिम्रा कारण निम्तिने कुनै पनि बोझको भारी बोक्न सक्ने स्थिती छैन । तपाई जनप्रतिनिधि र नेताहरु लगायत यो सरकारको जस अबजसको हिसाब किताब जनताले अर्को चुनावमा अवश्य गर्लान, त्यसलाई थाती राख्दै जनताको अभिमतको सम्मान गर्दै बर्तमान राजनितिक अस्थिरता निम्त्याउन खोज्ने होइन, बरु जनमतको कदर गर्दे स्थिर सरकार चलाउन मलजल गर्न बुद्धिमानी हुनसक्दछ ।
राजकिय सत्ताका लागि खेलिने इतिहासकै पोहरी खेललाई बर्तमान समयमा पनि निरन्तरता दिनेहरु जनताको साथ र समर्थनबाट पनि सक्किने छन र देश र जनता पनि घिटिघिटि पु–याएर छोडनेछन ।
जनताको अभिमतको उपहास गर्दै सत्ताको लडाईको फोहरी खेल बन्द गर र स्थायी र जन प्रिय सरकार बनाउन उद्यत बन, नत्र यो सत्ताको फोहरी खेल तर्फ लागेमा यो राष्ट्र र जनताका लागि सबै भन्दा गम्भीर अनि दुर्भाग्यपूर्ण घडी हुने छ । सम्वन्धीत पक्षहरुलाई चेतना भया ! ओलीको फेसबुक पेजबाट लिइएको ओलिको निजिबिचार हो । ओली नेपालगञ्जबाट प्रकाशित मध्यपश्चिम दैनिकको पूर्व सम्पादक पनि हुनुहुन्छ ।
हाम्रो संरचना । २० असार २०७७, शनिबार ०८:१३