हाम्रो संरचना बिहिबार, साउन २२, २०७७ 101 Views

२० असार, बझाङ/  बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ मा रहेको मल्लेस गाउंको मान बस्ती क्षेत्रमा शुक्रबार राती पहिरो जाँदा १७ घर बगाएको छ भने ७ जना अझै सम्म वेपत्ता भएका छन ।

बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटनाको बारेमा स्थानियबाट जानकारी प्राप्त भएको र नेपाल प्रहरी टोली उक्त ठाउंमा पठाईएको जानकारी दिदै बाटोमा खहरे खोलामा भेल बढेकाले प्रहरीलाइृ उक्त ठाउंमा जान सम्सया भइरहेको बताउनु भएको छ ।

पानी परी रहेका कारण खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भइरहेको बताइएको छ ।