सोमबार सम्म नेपालमा १५ हजार ९ सय ६४ कोरोना संक्रमित

२२ असार, नेपालगञ्ज/  नेपालमा सोमबार थप १८० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमित हुनेहरुको संख्या सोमबार सम्म १५ हजार ९ सय ६४ पुगेको छ ।

सोमबार थप २ सय ६४ जना कोरोना संक्रमित निको भएर घर फर्किनु भएको छ । सोमबार सम्म सकोरोना संक्रमितबाट निको भएर घर फर्किनेको संख्या ६ हजार ८ सय ११ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परीक्षण भएकोमा १ सय ८० जना कोरोना पोजेटिभ पाइएको छ भने छ भने हालसम्म पीसीआर विधिबाट नेपालमा २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट अहिलेसम्म ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ ।

सोमबार सम्म नेपालमा रहेका क्वरेण्टीनमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेशनमा कोरोना सङ्क्रमण पुष्टि भएका ९ हजार १ सय १८ जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित…..

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना थप कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन

घर बाहिर निस्किदा मास्क अनिबार्य

मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्न सक्ने छ । गृह मन्त्रालयले नेपालमा कोरोना संक्रमणको सम्भाबित खतरा अझै नटरेकाले घर बाहिर निस्किदा मास्क नलगाई निस्कनेलाई सम्झाई बुझाई गरि मास्कको प्रयोग गर्न लगाउने र अटेरि गरे पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न सक्ने गरि गृह मन्त्रालयले मातहतमा निर्देशन जारि गरिएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभएको छ ।