बांकेको निबुवा खोलाबाट स्काईभेट पक्राउ, यो संग जोडिएका अन्य रहस्यमय कुरा पनि…..

२३ असार, नेपालगञ्ज /  बांकेको शमशेरगञ्ज क्षेत्रमा रहेको निबुवा खोलामा सोमबार पनि अबैधरुपमा नदिजन्य पदार्थ उत्खन गरिरहेको एउटा स्काईभेटर र उक्त स्काईभेटरका मालिक बावुराजा लाई स्थानिय प्रशासनले पक्राउ गरी कार्बाही प्रक्रिया अगाढी बढाएको छ ।

उक्त घटनाका सम्वन्धमा स्काईभेटरका पक्षले भने आफुहरुले उक्त इकाईभाइबेट एक जना स्यांगजाका ब्यक्तीबाट केही महिना अघि खरिद गरि बिकास निर्माण गर्ने ठेकेदारलाई भाडामा दिने गरेकोमा सोमबार उक्त ठेकेदारले बाटो निर्माण गरिरहेको जंगल छेउमा राखेको अवस्थामा शसस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्राकृति स्रोत र साधनको उत्खनन वा प्रयोग गर्न नेपाल सरकारले बावतावरण संरक्षण ऐन २०५३ जारि गरि उक्त ऐन बमोजिम नियमन गरेको भए पनि बांकेमा अबैधरुपमा नदि जन्य प्राकृतिक स्रोत र साधनहरुको दोहन गरिरहेको पाइएकाले गत हप्ता स्थानिय प्रशासनले रोक लगाएको थियो ।

बांकेमा सञ्चालित २७ वटा क्रसर तथा नदिजन्य पदार्थ प्रशोधन मध्य २४ वटा मिलेमतोमा गैर कानुनी तरिकाले सञ्चालनमा रहेकाले ततकाल बन्द गर्न र अटेरी गरे कडा कार्बाही गर्ने स्थानिय प्रशासनले सम्वन्धीत पक्षलाई चेतावनी दिएको थियो । अन्य ३ वटाको पनि सुक्ष्म अनुसन्धान गरि के–कसरी अनुमती लिएको हो ? क्रमश सम्वन्धीत पक्षबाट छानबीन गरिने प्रशासन बताएको छ ।

प्रशासनको उक्त चेतावनी बावजुत पनि सोमबार निवुवा खोलामा इकाईभेटर मार्फत उत्खनन गरिरहेका जानकारी पाएको प्रशासनले बांके प्रहरीले उक्त इकाईभेटर  पक्राउ गरेको छ ।

नदि जन्य पदार्थ वा अन्य प्राकृतिक स्रोत साधनको उपयोग वा कुनै पनि निर्माण गर्दा सम्वन्धीत क्षेत्रमा त्यसले पार्ने अल्पकालीन र दिर्घकालीन प्रभाव मुल्याकण गरि त्यसले कुनै असर नपर्ने भनी स्थानिय बासिन्दा तथा सम्वन्धीत जनप्रतिनिधिहरुको साक्षी तथा सिफरिसमा प्रारम्भिक वातावरणिय परिक्षण र वातावरणिय प्रभाव मुल्यांकण अनिबार्य गर्नुपर्ने हुन्छ ।

बांकेमा राष्ट्रिय निकुञ्ज, बिभिन्न निर्माणका आयोजनाका मालिकहरुको समेत मिलेमतोमा बांकेको नदिहरु दोहन भैइरहेकोमा यसलाई बांके प्रशासनले रोक लगाएको थियो । उक्त कार्य पछी नदिमा अबैध उत्खनन गर्नेहरु बांकेका सत्तासिन पार्टीहरुका जिल्ला स्तरिय नेताहरु समेत कमिसनको चक्करमा बुटवलको चक्कर लगाई सकेका छन भने काठमाण्डौंका बिभिन्न शक्ती केन्द्रहरुमा मोबाईल घुमाएको स्थानिय प्रशासनले आधिकारिक सूचना संकलन गरिरहेको छ ।

उक्त संकलन गरिएको सूचनामा जिल्ला प्रशासन कार्यालयकै एक अधिकारीले क्रसर सञ्चालन पक्षका पार्टी नेताहरुसंग टेलीफोन संवाद गरि दोहरो चरित्र देखाएको स्रोतले बताएको छ ।

बांके प्रशासनले नै बुटवलमा चक्कर लगाउनेलाई उक्त ठाउंको भेटघाटका लागि सम्वन्धीत पक्षसंग समय र भेटेर गुनासा सुनिदिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । अर्को चमात्कारी सूचना पनि के छ भने बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग स्यांगजाबाट सरुवा भएर आउदा पहिलो रात कोहलपुर मै पसेर हाल बुटवल चक्कर लगाउने र काठमाण्डौंका शक्ती केन्द्रमा फोन घुमाउने ब्यक्तीहरुले स्वागत गरेका थिए ।

बांकेका प्रजिअ राम बहादुर कुरुम्वांगले हाम्रो संरचनासंग कुरा गर्दै भन्नु भयो “ बांकेमा राज्यको उपस्थित नै नभएको जस्तो तमाम बेथितिहरुले जरो गाडेको अवस्था छ । त्यसमा एउटा सानो घटना हो क्रसरहरु बन्द गर्ने निर्णय कार्यन्वयन । बांकेमा संस्थागत रुपमा होस वा ब्यक्तीगत रुपमा ति सबै गैर कानुनी काममा कसैलाई पनि मोलाहिजा (छुट ) गर्न सकिदैन । आफु रहेसम्म बांकेमा जनताले सुशासनको प्रत्याभुत गर्ने गरि काम गर्ने र सरुवा वा अन्य कुनै कुराले आफुलाई नछेक्ने यस कार्यमा सबैको साथ र सहयोग चाहिने बताउनु भयो ।”