हाम्रो संरचना बुधबार, साउन २१, २०७७ 277 Views

२८ असार, नेपालगञ्ज/  बांकेको कोहलपुर नगरपालकिा वडानम्र ११ कृर्षि बजार नजिकै शनिबार अटोरिक्सा दुर्घटना हुदा १२ बर्षिय बालक घाईते भएको छ ।कोहलपुर नगरपालिका वडानम्बर १२ का २२ बर्षिय प्रकाश सिंहले कृर्षि बजारबाट भित्री सडक हुदै कोहलपुर चौराह तर्फ जाने क्रममा भे १ ह ३९६९ नं को अटो आफै अनियन्त्रित भई सडकको डिभाईडरमा ठोकिन गई दुर्घटना भएको थियो ।

दुर्घटनामा अटो चालक प्रकाश सोहि अटोमा सवार कोहलपुर १२ कै निवासी देव बहादुर हमालको १२ बर्ष को छोरा घाईते भई दुबैको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भई रहेको र अटो नियन्त्रणमा लिएर ईका प्रहरी कार्यालय कोहलपुरबाट थप अनुसन्धान भई रहेको । प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरि शनिबार नै बांकेको बैजनाथ गापालिका वडानम्बर ७ पेडारी स्थानिय नेपाल थारुको बगैचामा नामथर वतन नखुलेको वेवारिसे अवस्थामा सेतो निलो रंगको सर्ट,खैरो बक्स पकेट भएको पाईन्ट लगाएको पहाडि मुलको जस्तो देखिने बर्ष अंन्दाजी २४/२५ को पुरुष ब्यक्ति जमिनमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट थप अनुसन्धान भई रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ ।