नेपालगञ्ज स्थित फुलबारी मस्जिदको कोठामा आगलागि, लाखौंको क्षती

२७ असार नेपालगञ्ज / नेपालगञ्जको फुलबारी मस्जिदमा शुक्रबार दिउसो भएको आगजनी घटनामा रु १५ लाख बराबरको क्षती भएको जानकारी प्राप्त भएको छ ।

नेपालगञ्ज उप–महानगरपालकिा वडानम्बर ३ मा सहिद अहमद अन्सारीले फुलबारी मस्जिदको कोठा भाडामा लिएर कपडा पसल गरेको ठाउंमा शुक्रबार करीब १२ः१५ बजे आगलगी भएको थियो ।

आगलागीमा करीब १५ लाख बराबरको क्षती भएको र आगलागि को प्रहरीले गरेको प्ररारम्भिक अनुसन्धानबाट बिधुत सर्ट भएर आगलागि भएको हुनसक्ने आश्.का गरेको छ ।

उक्त आगलागि घटनाका घना बस्ति इलाकामा रहे पनि प्रहरी तथा स्थानिय बासिन्दाको सहयोगमा तुरुन्तै नियन्त्रणमा लिइएको ठुलो जनधनहुनबाट जोगिएको प्रदेश नम्बर ५ प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ ।