हाम्रो संरचना बिहिबार, साउन २२, २०७७ 103 Views

२८ असार, काठमाण्डौं/  काठमाडौंका व्यायाम व्यवसायीको आईतबार भएको भेलाले व्यायाम व्यवसायी संघ, काठमाडौं गठन गरेको छ ।
काठमाडौंमा रहेका करिब २ सय ५० व्यायाम व्यवसायीहरुको भेलाले सुरेश सुवेदीको अध्यक्षतामा संघ गठन गरेको छ ।
सुवेदी काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष हुनहुन्छ । सुवेदी खिचापोखरी र थापाथलीस्थित फिट्नेस गराजका सञ्चालक पनि हुनहुन्छ ।

व्यायाम व्यवसायीहरुलाई एकजुट बनाइ व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि संघ गठन गरिएको सुवेदीले बताउनु भएको छ।
सरकारले अनुमित दिए बर्तमान अवस्थामा विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्ड अनुसार सम्पूर्ण सुरक्षा संयन्त्र अपनाइ व्यवसायी सञ्चालन गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताउनुभएको छ ।

नवगठित संघको उपाध्यक्ष त्रयमा बुद्धिजंग कार्की, कृष्ण विष्ट र बालमुकुन्द अवाले, सचिवमा जगन्नाथ अधिकारी, उप–सचिवमा विजयत्त्तम रत्न वज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ तथा सह–कोषाध्यक्ष श्रीकृष्ण अधिकारी रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा रमेश श्रेष्ठ, दीपेन्द्र प्याकुरेल, रोजन खड्का, रमेश श्रेष्ठ, विजय देउला, प्रकाश प्रजापति, शंकर महर्जन, सनम दुवाल, रमेश श्रेष्ठ, देविका राई, कृष्णगोपाल श्रेष्ठ, अनिललाल श्रेष्ठ, विनोद श्रेष्ठ र मिलन लामा रहनुभएको छ ।