हाम्रो संरचना शुक्रबार, मंसिर १२, २०७७ 271 Views
प्रदेश नम्वर ५ प्रहरी कार्यालय

२८ असार, कोहलपुर/  बांकेको कोहलपुर नगरपालिका वडानम्बर ७ लखनावारमा आईतबार दिउसो एक युवकको वेवारिसे शव फेला परेको छ ।
आईतबार दिउसो लखनावारको मितेरी सामूदायिक बन कार्यालयको पूर्व पटटी डुडुवा खोलामा करीब २८/३० बर्षको युवकको शव फेलापरेको प्रहरीले जानकारी दिएको छ ।

पहिलो कालो धर्का भएको भेस्ट, जिन्सको पाईन्ट लगाएको पहाडि मुलको जस्तो देखिने पुरुष ब्यक्ति डुडुवा खोलाले बगाई ल्याई खोलाको
किनारमा मृत अवस्थामा रहेको स्थानिय ब्यक्तीले देखेपछी प्रहरीलाई जानकारी दिएका थिए ।

उक्त घटनाका सम्वन्धमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको प्रदेश नम्वर ५ प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभएको छ ।