दांग तुल्सीपुरमा करेन्ट लागेर सल्यानी युवकको मुत्यू

२८ असार, दांग/  दांगको तुल्सीपुर उप-महानगरपालिका वडानम्बर ९को बेलुवा दाजुभाई चोक स्थित अर्जुन खडकाको घरमा २६ बर्षिय कमल खत्रीको आईतबार  करेन्ट लागेर मुत्यू भएको छ ।

सल्यानको कपुरकोट गाउंपालिका वडा नम्बर ५ रि भन्ने ठाउंम घर भई तुलसीपुरको वडानम्बर ५ गणेश डेरी नजिक बस्ने कमल खत्री अर्जुनको घरमा मोटर जोडने क्रममा करेन्ट लागेको स्थानियले जानकारी दिएका छन ।

खत्रीको करेन्ट लागेर गम्भीर घाईते भएकोमा उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ तर्फ लैजाने क्रममा सांझ करीब ६ बजे मुत्यू भएको तुलसीपुर इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।