कोहलपुरबाट २ लाख ५० हजार नगद सहित ५ जना पक्राउ

३० असार, कोहलपुर/  इलाका प्रहरी कार्यालय कोहलपुरले २ लाख ५० हजार नगद सहित ५ जना जुवाडे पक्राउ गरेको जनाएको छ ।
कोहलपुर नगरपालिका वडा नं ११ बस पार्क नजिकको टोल बहादुर हमालको घरमा जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेहरुमा घर मालिक टोल बहादुर हमाल, बडैयाताल गाँउपालिका वडा नं २ बस्ने रमेश गिरी, कोहलपुर नगरपालिका ११ बस्ने भिम बहादुर शाही, बैजनाथ गाउँपालिका वडा नं १ बस्ने टंक बहादुर रोकाय र राप्तिसोनारी गाउँपालिका वडा नं १ बस्ने चक्र प्रकाश रिजाल रहेका छन । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानकालागि इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाइएको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुन्धान गरि जुवा ऐन अन्तरगत मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता नायब उपरिक्षक सुबास खड्काले जानकारी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले उनिहरुलाई पक्रउ गरेकोले इलाकामा मुद्धा नचलाएर जिल्लामा ल्याईएको प्रहरीले जनाएको छ ।