नेपालगञ्ज स्थित घरेलु तथा साना उद्योग कार्यालयका अधिकारी अख्तियारद्धारा पक्राउ

३० असार, नेपालगञ्ज / नेपालगञ्जको वडानम्बर १३ रंगशालाको दक्षिण गेट स्थित घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी हुकुम बहादुर ओलीलाई अख्तियार द्धारा मंगलबार अपरान्ह पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जको कारकादो स्थित सम्पर्क कार्यालय बाट खटिएको ३ जनाको टोलीले नगद ९६ हजार ३ सय रुपैया रकम र ओलीलाई पक्राउ गरेको हो ।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार ठेक्का पट्टाको नयां  लाइसेन्स बनाइदिने क्रममा सेवाग्राहीबाट पैसा माग गरेकोमा सेवा ग्राहीले अख्तियारलाई खबर गरि अख्तियारबार नोटचान गराई  सेवाग्राहीलाई कार्यालयमा पठाइएकोमा सेवाग्राहीले रु ९६ हजार ३ सय रुपैयाँ नगद ओलीको कोठामा राखेको अवस्थामा ओलीलाई अख्तियारले पक्राउ गरेको हो ।