बिहिबार बिहान बांकेको बेतहनीमा रहेको करोडौंको सलहको झुण्ड राझां हुदै बर्दिया-सुर्खेत तर्फ जानसक्ने सम्भावना

उक्त झुण्डको छोटो भिडियो क्लिप हेर्न यहां क्लिक गर्नुहोसआ–आफनो खेतमा गएर सलह भगाउन बांके प्रशासनको अनुरोध

१ साउन, बेतहनी, बांके/  नेपाल–भारत सिमाना नरैनापर हुदै बुधबार नेपाल छिरेको सलह  (फटयाग्रा जस्तो किरा) बिहिबार पुरैना हुदै बांकेको उत्तर-पश्चिम तर्फ लागेको छ ।

बांकेमा करीब १ करोड हाराहारीको सलहको ठुलो झुण्ड राप्तीपारी नरैनापुरको जंगल क्षेत्रमा बास बसेकोमा बिहिबार बांकेको डुडुवा गाउंपालिकाको बेतहनी हुदै उत्तरपश्चिम तर्फ लागेको छ ।बिहिबार बेतहनी क्षेत्रका बासिन्दाले मकैबाली-धानबालीमा बस्दै उडेको ठुलो सलह झुण्डलाई ढयाग्रो ठटाएर, धुवा बालेर भगाएकोमा बिहिबार ११ बजे पुरैना क्षेत्रमा पुगेको छ ।

बांकेमा सलहको ठुलो झुड प्रबेश गरेको जानकारी पाएपछी बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सबै प्रमुखहरु ततकाल सलह भएको  बेतहनी क्षेत्रमा पुगी त्यसको स्थलगत जानकारी लिनुभएको छ ।

सलहको ठुलो झुण्डले बाली हानी नोक्सानी पु–याउने भएकाले स्थानिय कृर्षकहरु सलहको झुण्डलाई भगाउन भरखरै धान रोपेको खेतका गराहरुमा मकैबारीबाट लखेटने गरेका छन ।

हावा गती सगै उडने उक्त सलहको झुण्ड प्रतिदिन अधिकतम १ सय ५० किलो मिटर सम्म उडेको पाइएकोले बिहिबार बिहान हावाको गति पश्चिम हल्का उत्तर भएकाले यो झुण्ड बेतहनीबाट राझां एयरपोर्ट हुदै कोहलपुर तिर जान सक्ने सम्भावना रहेको छ । बिहिबार अपरान्ह सम्मको हावा गती अनुसार यो करोडौंको संख्यामा रहेको अनुमान गरिएको उक्त सलहको झुण्ड बर्दिया हुदै सुर्खेत वा कैलाली  तर्फ जाने सम्भावना रहेको छ ।

उक्त अध्यन भ्रमण पछी सुरक्षा समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बसी कृर्षि ज्ञानकेन्द्र बांकेलाई सलहको बिषयमा निरन्तर फलोअप गरि सलहबाट कृषि क्षेत्रमा कम क्षतीका लागि निरत्तर लागि रहन क्षतीको एकिन तथ्य सहित विवरण संकलन गर्ने र  कृर्षकहरुलाई आफनो खेतमा गएर रेखदेख गर्न र सलह आएको भए भगाउन बांके प्रशासनले कृर्षकहरुलाई अनुरोध पनि गरेको छ ।

त्यसैगरि बांकेमा डुबान हुनसक्ने बेतहनी खडैचा र नरैनापुर क्षेत्रमा उच्च स्तरिय हेलीप्याड निर्माण गर्ने स्थलको पनि सुरक्षा समितिले अध्ययन गरि समिक्षा गरेको छ ।