चन्दा लिँदालिँदै प्रतिबन्धित माओवादीका दुई कार्यकर्ता पक्राउ


६ साउन, नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालय बाँकेले
बिप्लब समुहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको
छ ।
नेपालमा आतंककारी गतिविधि गरेको कारणले प्रतिबन्धित राजनीतिक दल नेकपा माओवादी बिप्लब समुहका जिल्ला स्तरीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ।

पक्राउ पर्नेहरुमा चित्र बहादुर बि. क. र उनका सहयोगी सुरेश राउत छन् ।  उनीहरुलाई चन्दा लिदै गर्दा बाकेबाट पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ ।