१४ साउन, नेपालगञ्ज/ यात्राको कुनै घटनामा सहभागी नभएका नेपालगञ्जका बिभिन्न ब्यक्तीहरुमा कोरोना संक्रमण भएको पा्रइएपछी बुधबार नेपालगञ्जमा कोरोना बिरुद्धको जनचेतनामुलक –याली सहित उदाहरणको रुपमा मास्क बितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयब बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगको नेतृत्वमा निजामती कर्मचारीहरु, जिल्ला प्रहरी कार्यालय बांके प्रहरी प्रमुख, उपरिक्षक ओम बहादुर राना मगर को नेतृत्वमा प्रहरीहरु, शसस्त्र प्रहरी, नेपाली सेना, नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर उमा थापा मगर, पत्रकार तथा सञ्चारकर्मिहरु लगायतको यपस्थितमा भौतिक दुरी कायम गर्दै जनचेतनामुलक प्ले कार्ड बोकेर नमुनाको रुपमा नेपालगञ्ज शहरका मुख्य बचार क्षेत्रहरुमा रहेका ब्यक्तीहरुमा मास्क बितरण गरिएको छ ।
नेपालगञ्जमा कही दिन यता बांके जिल्लामा कोरोना बिरुद्ध सघर्षरत बिपत ब्यवस्थापन टिमको स्वास्थ्य शाखाले कोरोना संक्रमण सम्भाबित क्षेत्रका ब्यक्तीहरुमा नमुनाको रुपमा छडकेरुपमा बिभिन्न ब्यक्ती तथा कार्यालयमा कार्यरत ब्यक्तीहरुको स्वाब संकलन गरेको थियो ।
उक्त नमुना भेरी अस्पतालको कोरोना परिक्षण ल्याबमा आरटिपिसिआर बिधिबाट कोरोना संक्रमण परिक्षण गरिएकोमा कार्यालय र घर भन्दा बाहिर कतै नगएका यातायात ब्यवस्था कार्यालय भेरीका १ जना, आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका २ जना, नेपालगञ्ज कारागारका १ जना सुरक्षाकर्मि र १ जना बन्दी, त्रिभुवन चोकमा मिठाई पसल गर्ने पसल मालिक र त्रिभुवन चौकमा श्रमिक बजारमा आएकी बर्दियाका १ जना महिलामा कोरोना संक्रमण पाइएको थियो ।
कुनै यात्रा नगरेका र कतै नगएका ब्यक्तीमा कोरोना संक्रमण भएको पाइएपछी समूदायमा कोरोना फैलिएको आशंका सगै हालै सरुवा भएर आउनुभएका बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बांग र बांके प्रहरी प्रमुखको सक्रियतामा बुधबार जनचेतनामुलक कार्यक्रम गरिउको र यो संन्देश हरेक भरका हरेक ब्यक्तीमा पु–याउन र त्यसलाई पालना गर्न सबै क्षेत्र स्–यच्छाले सक्रिय भएर लाग्न बांके प्रशासनले सबैसग अनुरोध पनि गरेको छ ।
हाम्रो संरचना । १४ श्रावण २०७७, बुधबार २०:५९