कैलालीको भजनी नगरपालिका लगायतका दर्जनौं बस्ती डुबानमा, बाढीले बगाउदा ३ जना बेपत्ता, राहत तथा उद्धार कार्य जारि

कैलालीको भजनीका स्थानिय बाढी पिडित सुरक्षित स्थान तर्फ जांदै

१५ साउन, कैलाली/ मंगलबार देखी अबिरल बर्षाका कारण कैलाली जिल्लाका दजननौं गाउं तथा बस्तीहरु डुबानमा परेका छन । जिल्ला प्रशासन कार्यालय कैलाल्रीका प्रमुख जिल्ला अधिकारी यज्ञ बोहराका अनुसार कैलालीमा ३ दिन देखी निरन्तर परिरहेको बर्षा र बिभिन्न नदिनालामा आएको बाढीले कैलालीका भजनी–८ सुनाफाँटाका ईश्वरी शाह, चक्र विक र स्केल चौधरी बेपत्ता भएको जानकारी प्राप्त भएको जानकारी दिनुभएको छ ।

त्यसैगरि कैलालीको मोहना, कान्ध्रा, काडा, पथरिया र कर्णालीको भँगालोमा आएको बाढीले भजनी, टीकापुर नगरपालिका, जोशीपुर, जानकी, बर्दगोरिया र कैलारी गाउँपालिकाका दर्जनौं मानव बस्ती डुबानमा परेका छन् । उद्धारमा स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय तहको उद्धार टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभएको छ ।

भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीका अनुसार बाढीले सबै वडा प्रभावित भए पनि ३, ५, ७ र ८ नम्बर वडा पूर्ण डुबानमा छन् । कान्ध्रा, मोहना र पथरिया नदीको बाढी बस्तीमा पस्दा भजनी–८ का दैलेखेगाउँ, जनकपुर, खैरा, चर्रा, सुनाफाँटा, कृष्णनगरलगायत दर्जनभन्दा बढी गाउँ चुर्लुम्म डुबेका छन् ।

प्रजिअ बोहराका अनुसार भजनी नगरपालिकामा १ हजार ८ सय ८०, जानकी गाउँपालिकामा १ हजार, जोशीपुरमा २ हजार ३ सय १५ र टीकापुर नगरपालिकामा ५ सय जति परिवार बाढीका कारण विस्थापित भएका छन् ।

टीकापुर नगरपालिकाको सुकुम्बासी बस्तीका धेरै घर भत्केकाले उनीहरूलाई शक्तिनगर, नयाँ नेपाल र कर्णालेश्वर प्राविमा राखिएको मेयर तपेन्द्र रावलले जानकारी दिनुभएको छ ।
टीकापुर–७ का विस्थापितलाई त्यहाँको उच्च घरमा राखिएको छ । जमरा कुलोमा पानीको सतह बढेर टीकापुर बजार क्षेत्र, शिवनगर, चमेलीपुर, विजयनगरमा गरी करिब १ सय ५० घरजति भत्किएका छन् ।

सम्बन्धित शीर्षक