प्रकृतिको दोहन रोक्न आफै जुटौं…..

 

धर्ति लाई जन्मदिन माता पछीको अर्को श्रृष्टिकर्ता माताको रुपमा लिइन्छ । यो श्रृष्टि माता धर्तिले हामी मानव लगायतका प्राणीहरुलाइ जिवित राख्न दानापानी देखी हावापानी उपलब्ध गराउनुहुन्छ । जन्मदिने आमाले सरी धर्ति माताबाट निस्वार्थरुपमा हामी मानव तथा धर्तिका प्राणिहरुलाई भोग लागेको समयमा खाने भोजन र तिर्खा लागेको समयमा पानी, गर्मी भएको समयमा सितल छहारी र बांच्नको लागि सुद्ध हावा उपलब्ध गराउनुहुन्छ ।

यो हामी सबैलाई थाह छ कि, हाम्रो सबैको बांच्ने आधार भनेकै धर्ति माता हुन र हामीले पनि हामीलाई निस्वार्थ किसिमले बचाउने धर्ति माताको हेर चाह गर्ने कि नगर्ने ? आफुलाई जन्म दिने आमा सरहको हाम्रो बांच्न चाहना पुरा गर्ने धर्ति माताको हामीले ख्याल गर्नु पर्दैन र ? के पैसामा सबै चिज किन्न र बेच्न सकिन्छ ?

आज त्यही भइरहेको छ । आफुलाई खानाका लागि भोजन, आवासका लागि बास स्थान र सास फेर्नका लागि अक्सिजन उपलब्ध गराउने धर्तिमातालाई असर पर्ने गरि मनपरि रुपमा धर्तिमाताको प्राकृतिक सन्तुलन बिग्रने गरि प्रकृतिको दोहन भइरहेको छ । एक किसिमले भन्ने हो भने धर्ति माताको जबस्जस्ती दोहन भईरहेको छ, बलात्कार भईरहेको छ ।

प्रकृतिलेनै नेपाल देशका लागि अनुपम उपहार दिएको, बस्तुशास्त्र अनुसार शुभ मानीने पूर्व–पश्चिम लम्बेतान भएको हाम्रो भौगोलिक बनावट, सिढि झै कसैले बढो मेहनती हातहरुले बनाएको जसरी सम्म परेको तराईको हरिया फांट, अनि सिढिको अर्को अग्लो खुडकिलो सरी भित्री मधेश, त्यसपछी पहाड र हिमालका सेताम्मे हिउका अग्ला डांडाहरु, घरको सिढिसरी सजिएर रहेको छ ।
नेपालको हरेक ५० किलोमिटरमा हावापानी रहन, सहन र प्रकृतिको हामी मानवहरुले अनुभव गर्न पाउदछौं । यति मात्र होइन नेपालको पुर्व–पश्चिम भु–भाग मुख्य ३ वटा ठुला नदिले सरदर ३ भागमा बराबरी हुने गरि बांडेको छ । सबै भन्दा लामो कर्णाली, ठुलो कोशी र गहिरो गण्डकी नदि । यी सबै नदीमा सरदर ७ वटा नदि मिलेर बनेका छन । नेपालमा हिमालबाट तराइतिर करीब ६ हजार साना तथा ठुला नदिनालाहरु कलकल आवाजका साथ संगलो पानी सदाबहार तराईका फांटहरु तर्फ बग्ने गरेकोमा बिगत २ दशक यता केही ठुला बाहेक अधिकांस नदिनाला बर्षा समयमा मात्र बग्ने गरेका छन ।

यो एउटै कारण हो पैसा कमाउनका लागि मानिसले जथाभाबी प्रकृतिको दोहन गरेर यस धर्ति मातालाई पु–याएको असर र क्षतीका कारण ति नदीनालाहरुमा हिउदमा पानी बग्न छोडी सकेको छ । नदिमा पानी नबग्नाले त्यसको समग्र असर त्यो नदि नाला वरिपरीको बनजंगल चराचुरुगंी, सम्पूण जिवजन्तुमा गम्भीर असर परिरहेको छ । जसको कारणले धर्ति माताले मानव तथा प्राणीहरुका लागि उत्पादन हुने दानापानी देखी हावापानीमा समेत परिरहेको छ जस्को प्रत्यक्ष मार मानव बस्तीहरुमा पर्न थाली सकेको छ ।

सधै सुक्खा रहने डांडामा पानीको मुल रहनु र कलकल पानी बग्नु तर त्यसैको तल तराईका फांटमा पानी नबग्नु कारण खोजे हामीलाई सजिलै बुझन सक्दछौ । वातावरण बिधहरुका अनुसार पानी बगिरहेको खोलाबाट एउटा ५ किलो बराबरको स्थिर ढुंगाा उठायो भने त्यस ढुंगाको ठाउंमा सरदर २ फिट पानीको सतह गहिरियर जाने भएकाले खोलानालाबाट ढुंगा उठाउनु भनेको पानीको सतह धासिनु हो ।

करीब २० बर्ष अगाढी त्यही खोलामा प्रसस्त पानी पाइने ठाउंमा आज सुख्खा छ भने त्यसको कारणले हरिया डांडा, सुख्खा डांडा र उजाड बनजंगलको रुपमा परिनत भएका छन । जंगलमा बास बस्ने जिवजन्तुहरुले बास स्थान परिवर्तन गरेका छन वा अकालमा मरेका छन जसले गर्दा प्रकृतिमा असल परेको छ र त्यसको प्रत्यक्ष असरहरु मानवले भोग्न सुरु गरिसकेका छौ ।
त्यसैले एउटा नदिनालाबाट ढंगा गिटटीको रुपमा उठाउदा हामी र हाम्रो समाजमा गम्भीर असर परेको हामीले देखी सकेका छौ र भोगिरहेका छौ भने पैसा कै लोभ लालचमा त्यस्ता प्रकृतीको दोहन हुने कार्य जो कोही भएपनि नगरुन र गर्न नदिउ भन्ने हाम्रो चाहना हो । त्यसको आजैबाट संगठित भएर आवाज उठाउ र बिरोध गरौं ।

सानो नमुनाको रुपमा हेर्ने हो भने पनि बिगतका बर्षहरुमा राप्ती नदि सुख्खायाममा पनि हरियो नदि बनेर छलछल आवाजका साथ बगिरहन्थ्यो आज त्यो राप्ती नदिमा राज्यले समेत पैसाको लोभ लालचमा मनपरि ढंगले बालुवा तथा ढुंगा गिटिट उपयोगका नाममा गरिएको दोहनदे नदिमा पानीको सतह भासिएर गएको छ जस्ले हिउदको समयमा बिगतको भन्दा कम पानी बग्ने गर्दछ । त्यसका वरपर रहेका साना नदिनालामा समेत मनपरि किसिमले पैसाका लागि ठेक्का तथा निर्माणका नाममा जथाभावी ढुंगा तथा गिटटी उठाउ कार्यले ठुलो नकारात्मक असर परिरहेको छ । यस्तो प्रकृतिको दोहन रोक्नलाई भए गरेका ऐन नियमहरुको कार्यन्वयन र केही कमिकमजोरी भएमा आवश्यक ऐन नियम निर्माण गरेर यो ढुंगा गिटटी बालुवा प्रयोगको नाममा प्रकेतिको दोहन रोक्न जरुरी छ ।

संघिय तथा प्रदेश सरकारहरुले पनि स्थानिय निकायहरुले आयस्रोतको रुपमा जथाभाबी ठेक्काका नाममा नदिनालाबाट ढुंगा गिटटी, बालुवा उठाउन गर्ने कार्यको हस्तक्षेप गरेर राष्ट्रिय सम्पदाको हकमा आफै जिम्मेवार बनेर उेन नियम कानुन मार्फत नियमन गर्न जरुरी छ भने द्ब्य र बाहुवलीको तरिकाले गैर कानुनी रुपमा सञ्चालनमा रहेका त्यस्ता प्रकृतिको दोहन गर्ने मात्रुभुमि धर्ति माताको बलात्कार गर्ने र गराउनेलाई एक उच्च स्तरिय छानबीन समति गठन गरि त्यसको रिपोर्टको आधारमा कानुनी दायरामा ल्याने र आगामी दिनमा त्यसको दिगो ब्यवस्थापनका लागि नेपाल सरकारले अभिलम्भ कदम चाल्नु पर्दछ ।