न्यायमूर्तिलाई पनि छोडेन कोरोनाले

१६ साउन, धनुषार/ उच्च अदालत जनकपुरधामका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएसगै प्रदेश २ मा २ जना न्यायाधीशमा कोरोना संक्रमण भएको छ । ति ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ ।
यही साउन १३ गते उच्च अदालतजनकपुरधामका न्यायाधीश सहित २२ जनाको स्वाब संकलन गरी जाँच गरिएकोमा १ जनाको पोजेटिभ देखिएको हो ।
न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारबाही बाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एसोसिएसनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।– रासस