बीरगञ्जमा ३ डाक्टर,६ स्टाफ नर्स र मजदुर सहित ४६ जनामा एकैदिन कोरोना संक्रमण

१६ साउन बीरगञ्ज / बीरगञ्जमा १८ वर्षदेखि ७५ वर्ष उमेर समूहका ११ महिला सहित थप ४६ जनामा कोरोना संक्रमित भएको पाइएको छ । संक्रमितहरु पर्सा, बारा, रौतहट जिल्लाका बासिन्दा भए पनि सबै वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्ने ब्यक्तीहरु रहनुभएको छ।

संक्रमित हुनेहरुमा नारायणी अस्पतालका २ जना अर्थोपेडिक र १ जना बाहिरका गरी ३ जना डाक्टरमा पनि कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको छ। नारायणी अस्पतालका ४४ र ४० वर्षको पुरुष अर्थोपेडिक डाक्टर र वीरगञ्जकै १ जना ३६ वर्षीय डाक्टर पनि संक्रमित भएको पाइएको हो।

त्यसैगरी, नारायणी र एडभान्स हस्पिटलका गरी ६ जना स्टाफ नर्सहरुमा पनि कोरोना संक्रमित भएको पाइएको छ। वीरगञ्जको विभिन्न वडामा गरिएको मास ट्रेसिङ अन्तरगत नमुना स्वाब संकलन गरि आटिपिसिआर बिधिबाट कोरोना संक्रमण परिक्षण गरिएकोमा स्वास्थ्य कर्मिहरु लगायत सर्वसाधारणमा समेत संक्रमण भएको ल्याबकबो रिपोट पछी पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताउनुभएको छ।

नारायणीको मेडिकल वार्डमा खटिने ४० वर्षकी स्टाफ नर्स, आईसीयू कक्षामा खटिने २० र २४ वर्षका स्टाफ नर्समा कोरोना पुष्टि भएको छ भने नारायणी अस्पतालमै डायालासिस गराउने पर्सा पोखरीया १ की ७५ वर्षिया महिला, बारा, निजगढका ६५ वर्षीय पुरुष र बारा जितपुरका २४ वर्षिया महिला मृगौला रोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बाराको नितनपुरमा रहेको म्याग्नस फर्मा प्रालि औषधी कम्पनीमा कार्यरत ३ जना मजदुर र लोटस फर्मा वीरगञ्जमा कार्यरत २ जना, छपकैयाका निवासी १ जना मजदुरहरुमा पनि कोरोना पुष्टि भएको छ।

त्यसैगरि रौतहट, राजपुर ५ घर भएका ३७ वर्षका पुरुष, पर्सा, बहुदरमाई नगरपालिका वडा नं ४ नगरदाहाका ४४ वर्षीय पुरुष र वीरगञ्ज १२ मुर्लीकी २६ वर्षीया महिला मजदुरमा कोरोना पुष्टि भएको छ।

लोटस फर्मा वीरगञ्ज ५ रेशमकोठी बस्ने ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी, वीरगञ्ज १४ का ६५ वर्षीय पुरुष, वीरगञ्ज ११ का ४१ वर्षीय पुरुष, वीरगञ्ज १४ कै ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल कोरोना परिक्षण ल्याबको रिपोटमा उल्लेख गरिएको छ