कोभिड-१९ परीक्षण निर्देशिका: कोरोना परिक्षण कसको गर्ने ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी राष्ट्रिय परीक्षण निर्देशिकाको तेस्रो संस्करण साउन १४ गते जारि गरेको छ । सरकारले जारी गरेको निर्देशिकामा कोरोना आरटिपिसिआर परीक्षणको दायरामा पर्नेहरुको मापदण्ड:-

कसको परीक्षण गर्ने ?
१) सबै लाक्षणिक केसहरु ९ज्वरो, खोकी, स्वासप्रस्वासमा कठिन हुने वा गन्ध तथा स्वाद हराएका वा झाडापखला लागेका व्यक्तिहरु ।
२) संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका सबै ।
३) गम्भीर स्वासप्रस्वास सम्बन्धी सबै विरामी (एसएआरआई) ।
४) नेपाल फर्किएका सबै, (स्थलमार्गबाट प्रवेश गर्नेहरुको प्रवेश बिन्दु, हवाई मार्गबाट प्रवेश गर्नेलाई ९ दिन भित्र (क्वारेन्टाइनमा) ।
५) अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु ।
६) पछिल्लो १४ दिनसम्म कोभिड-१९ संक्रमण भएको क्षेत्रमा भ्रमण गरेका सबै व्यक्तिहरु ।
७) आइसीयूमा रहेका सबै केसहरु ।
८) विशेष गरी ६० वर्ष भन्दा माथिका गम्भीर अवस्थाका प्रतिरोधात्मक स्थिति कमजोर भएका व्यक्तिहरु ।
९) शल्यक्रिया गर्नुपर्ने विरामीको चिकित्सकीय निर्णय बमोजिम ९आपतकालीन प्रक्रियाका लागि रिपोर्ट कुर्नुनपर्ने ।
१०) कोभिड- १९ को मध्यम, गम्भीर तथा जटिल केसहरुको हकमा चिकित्सकीय निर्णयका आधारमा डिस्चार्ज गर्न सकिने। तर, लक्षण नभएका वा सामान्य लक्षण भएकाको केसमा १४ दिन पूरा भएको र तीन दिनसम्म लक्षण नदेखिए डिस्चार्ज गर्ने।