१८ साउन, नेपालगञ्ज/ नेपालगञ्ज स्थित भेरी अस्पतालको कोरोना परिक्षण ल्याबमा गरिएको परिक्षणको क्रममा नेपालगञ्ज २ जना डाक्टर सहित १२ जनालाई कोरोना पोजेटिभ भएको पाइएको छ ।
कोरोना संक्रमण रोकथाम कार्यमा संलग्न बिभिन्न ठाउंमा कार्यरत स्वाथ्यकर्मि तथा डाक्टरहरुको पनि कोरोना भाईरस संक्रमण भए/नभएको स्वाब संकलन गरि परिक्षण गर्ने क्रममा निम्न बिवरण अनुसारका ब्यक्तीहरुको संक्रमण भएको पाइएकाले नेपालगञ्जमा थप जटिलता हुनसक्ने संकेत गरेको छ ।
आईतबार कोरोना पोजेटिभ पाइएका ब्यक्तीहरु भिडभाड हुने अदालत र समूहगत रुपमा बस्ने सेनाका ब्यक्तीहरुमा पोजेटिभ पाइएकोले अन्यलाई पनि ट्रेसिंग गरि तिनिहरुको स्वाब संकलन गरि परिक्षण गरिने तयारी भईरहेको छ ।
नेपालगञ्जमा हया कोरोना लागे पनि केही हुन्न भन्ने मानसिकता साथ गरिएको लापरबाही । हेलचेक्रयाईले गर्दा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।
कोरोना फैलिएको रिपोर्ट सगै बांके क्राइसिस म्यानेटमेन्ट टिमको बैठक बसि भारतबाट लुकिछिपि समूदायमा आउने ब्यक्तीहरुमा कोरोना पोजेटिभ भएको र क्वारेन्टाइनमा नबसेका कारणले समूदायमा कोरोना संक्रमण सरेको आशंका गरिएको छ ।
कोरोना समूदायमा फैलिएपछी रोकथामको एक मात्र र्निबिक्लप जनचेतनाका लागि टिमले मास्क र सेटिटाइजरको प्रयोग गर्न र घरबाट सकेसम्म बाहिर ननिस्कन जनता चेतना जगाउने उदेश्यले प्लेकार्ड सहित मास्कको बितरण र सांकेतिक रुपमा निशेधाज्ञा जारि गरिसकेको छ ।
हाम्रो संरचना । १८ श्रावण २०७७, आईतवार १८:२९