नेपालमा हाल सम्म ५७ जनाको मुत्यू, २० हजार ३ सय ३२ जनामा सङ्क्रमण


१८ असार, नेपालगञ्ज/  कोरोना भाइरस सङ्क्रमणबाट नेपालमा आईतबार थप १ जनाको मृत्यु सगै नेपालमा अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।

देशभरिका बिभिन्न ल्याबहरुमा गरिएको परिक्षणमा २ सय ४६ जनामा कोभिड–१९ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जानकारी दिएको छ।

शनिवार अपराह्णपछि गरिएको परिक्षणमा विभिन्न जिल्लामा गरि आल सम्म २० हजार ३ सय ३२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डौंमा आयोजित दैनिक प्रेस ब्रीफिङमा जानकारी दिनुभएको छ।
विगत २४ घण्टामा १ सय ११ जना निको भएसँगै अहिलेसम्म १४ हजार ६ सय ३ जना अर्थात् ७१.८ प्रतिशत रोगमुक्त भएका छन्।