भारतका भिआइपिहरुमा कोरोना संक्रमण लहर: प्रदेशका गभर्नर देखी केन्द्रिय गृहमन्त्रीलाई समेत कोरोना संक्रमण

भारतिय गृहमन्त्री अमित शाह

१८ साउन, नेपालगञ्ज/  भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उहांले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टी भएको जानकारी दिनुभएको हो ।

भारतिय गृहमन्त्री अमित शाहले ट्वीट मार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको छ । उहांले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुनुभएको छ ।

शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गर्नुभएको छ । भारतमा तमिलनाडु राज्यका गभर्नर बनवारीलाल पुरोहितलाई समेत सङ्क्रमण देखिएको बीबीसी हिन्दीले समाचार स्रोतहरूले जनाएको छ।