१९ साउन, नेपालगञ्ज/ पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ३७ जनाको स्वाब संकलन गरि परीक्षण गर्दा थप ४ सय १८ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह प्रेस ब्रिफिंगमा जानकारी दिएको छ ।
यो पछील्लो रिपोट सँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । संक्रमित मध्ये ५७ जनाको मृत्यु भएको छ ।
हाम्रो संरचना । १९ श्रावण २०७७, सोमबार १९:३२