अख्तियारबाट राजस्व कार्यालयका प्रमुख र घूस दिने ब्यापारी पक्राउ

२० साउन,बुटवल /  राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख र रकम दिने ब्यक्ती सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले मंगलबार नियन्त्रणमा लिएको छ ।

व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा अख्तियारको टोलीले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना र पैसा बुझाउने गुट्खा र चिनी व्यवसायी अनिल कुमार झा लाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको आयोगको बुटवल स्थित कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभएको छ।

अख्तियारले घुस दिनेलाई पनि समेत गरि २ जनाबाट २ लाख रुपैयाँ नगद पनि बरामद भएको छ । दुवै जनालाई बुटवल उप–महानगरपालिका वडानम्वर १३ बुद्धनगरबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।