बांकेमा जारि गरिएको निषेधाज्ञा ४ दिन थपेर साउन २४ गते राती सम्म


२० साउन, नेपालगञ्ज/ बांकेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले थप ४ दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।

बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगको अध्यक्षतामा मंगलबार बसेको बैठकले गत साउन १५ गते बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्दको बैठकले बांके जिल्लामा कोरोना संक्रमण रोकथा तथा थप फैलिन नदिन संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६को ३ बमोजिम निषेधाज्ञा जारि गरिएकोमा उक्त निषेधााज्ञाको समिक्षा गर्दे जिल्लामा अरु थप ४ दिने दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेका छ ।

मंगलबारको बैठकमा कोभिड–१९ संकट ब्यवस्थापन केन्दका अध्यक्ष समेत रहनुभएका बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग, सदस्यहरु बांकेका प्रहरी प्रमुख ओम बहादुर रानामगर, बांके स्थित शसस्त्र प्रहरी ३० नम्बर गणका उपरिक्षक अशोक कुमार बम, राष्ट्रिय अनुसन्धान बांकेका प्रमुख तथा उप–अनुसन्धान निर्देशक कमल प्रशाद भटटराई, भैरब प्रशाद गणका गणपति सेनानी सुरेह कुमार श्रेष्ठ, भेरी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट खगेन्द्र जंग शाह, बांकेका बरिष्ठ स्वास्थ्य अधिकृत धिरज जंग शाह, सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय सल्लाहकारहरु जिल्ला समन्वय समिति बांकेका अध्यक्ष अजय श्रीवास्तव, श्री ४ नम्बर बाहिनी अडडा रांझाका बाहिनीपति सुरेश कुमार बांनिया, नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापामगर र बैठकमा आमन्त्रण गरिएका सम्वन्धीत क्षेत्रका ब्यक्तीहरु नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठ, श्री ४ नम्बर बाहिनी अडडा रांझाका सह–सेनानी कृष्ण बहादुर खडका, बांके दैबी प्रकोप ब्यवस्थापन केन्दका प्रमुख गौरीलाल बुढाथोकीको सहभागीता रहेको थियो ।

बैठकले यस अघिको लामो समयको लकडाउनको असर र त्यसपछीको जारि जिषेधाज्ञा र अन्य निर्णयहरुको कार्यप्रगतिको समिक्षा गर्दै कोभिड–१९ संकटलाई ब्यवस्थापन गर्न आगामी साउन २४ गते शनिबार राती १२ बजे सम्म निषेधाज्ञाको समयअवधी बढाउने निर्णय गरेको छ ।

बैठकले बांकेको नेपालगञ्ज क्षेत्रमा रहेका बिभिन्न ब्यक्तिहरुबाट स्वाब संकलन गरि भेरी अस्पतालको कोरोना परिक्षण केन्द्रमा संक्रमणको संख्या केही दिन यता बढीरहेकाले नगरमा थप आइसोलेसन ब्यवस्थापन गर्न खोजी गर्ने क्रममा ग्लोबल आइएमई बैकको ऋण लगानीमा सञ्चालन गरि हाल लगानी तिर्न नसकी बन्द रहेको हवाईट हाउस होटेललाई बैकसंग समन्वय गरि आइसोलेसन सेन्टरको रुपमा सञ्चालनमा ल्याउने निर्णय पनि कोभिड–१९ संकटलाई ब्यवस्थापन बैठकले निर्णय गरेको छ ।

त्यसैगरि लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षण सहित कोरोना भाइरसको संक्रमण बढेपछि २ नम्बर प्रदेशका ५ वटा ठूला सहरहरुमा पनि निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुर, पर्साको वीरगञ्ज, बाराको कलैया, महोत्तरीको जलेश्वर र सप्तरीको राजबिराजमा निषेधाज्ञा जारि गरिएको छ ।