पछिल्लो २४ घण्टामा नेपालमा  थप ३६० जनामा कोरोना संक्रमण थपिए

२२ साउन, नेपालगञ्ज/ पछिल्लो २४ घण्टामा नेपालमा  थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित सञ्चार ब्रिफिङमा प्रवक्ता डा. जागेश्वरले  ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएको जानकारी दिनुभएको छ ।

नेपालमा पछिल्लो २४ घण्टाको विवरण  संगै नेपालमा कोरोना  संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

सङ्क्रमितहरू मध्ये नेपालमा झण्डै पाँच दर्जनभन्दा बढी संक्रमितहरूको  मृत्यु भइसकेको छ।

भेरी अस्पतालमा रहेको कोरोना परीक्षण ल्याबमा विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको  परीक्षण गरिएकोमा  बिहीबार १६ जना व्यक्तिहरुमा  कोरोना संक्रमण  पाइएको छ ।