अख्तियारद्धारा बुटवल खानेपानीका इन्जिनियर स्रोत नखुलेको १० लाख ५५ हजार ५०० रुपैया सहित पक्राउ

२६ साउन, नेपालगञ्ज/ रूपन्देही जिल्लाको बुटवल स्थित नेपाल खानेपानी संस्थान कार्यालयका प्रमुख इन्जिनियर सन्तोष साहलाई आइृतबार सांझ अख्तियारले पक्राउ गरेको छ ।
बिभिन्न सेवाग्राहीहरुसंग पैसा उठाएर कार्यालयको बुटवलबाट काठमाण्डौं गइरहेको भन्ने सूचनाको आधारमा अख्तियारको काठमाण्डोंबाट खटिएको बिशेष टोली सहितले पछयाउदै जानेक्रममा आइतबार राती पक्राउ गरेको हख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जारि गरेको प्रेस विज्ञप्ति अनुसार पक्राउ परेका इन्जिनियर कार्यालयको लु १ ञ ९५ नंम्बर को गाडीमा आईतबार सांझ बुटवलबाट काठमाण्डौ जादै गर्दा धादिङ जिल्लाको धुनिवेसी नगरपालिका वडा नंम्बर ८ खानीखोलामा गाडी रोकी अख्तियारले चेक जाँच गरेको थियो ।

उक्त चेकजांचको क्रममा पक्राउ परेका इन्जिनियर सँग स्रोत नखुलेको नगद रकम रु.२,३३,५०० र बैंकमा जम्मा गरेको बैंक भौचर रुं. ८,२२,००० बराबरको रकम गरि स्रोत नखुलेको १० लाख ५५ हजार ५०० रुपैया  सहित  नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले बिज्ञप्ती मार्फत जानकारी दिइएको छ ।