दांगका ३२ र बांकेका २७ जना गरि भेरी ल्याबको रिपोट अनुसार एकैदिन थपिए ५९ जना कोरोना संक्रमित

२७ साउन, नेपालगञ्ज/ भेरी अस्पतालमा आटिपिसिआर बिधिद्धारा कोरोना  परिक्षण गरिएकोमा मंगलबार अपरान्ह जारि गरिएको रिपोटमा ५९ जना ब्यक्तीमा कोरोना पोजेटिभ भएको पाइएको छ ।

रिपोर्ट अनुसार नेपालगञ्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वाब संकलन गरिएका मध्य ५ जना स्वास्थ्यकमिहरु पोजेटिभ भएको पाइएको छ ।

त्यसैगरि नेपालगञ्जमा कोरोना संक्रमितहरुको कन्टयाक्ट टे«र्सिंगको आधारमा र अन्य भेरी अस्पतालमा नमुना स्वाब संकलन गरिएकोमा १ जना राप्तीसोनारी गाउंपालिका वडानम्बर नम्बर २ ३१ बर्षिय १ पुरुष सहित २२ जना पोजेटिभ भएको पाइएको छ ।

उता दांग स्थित नेपाली सेनाको स्वास्थ्य टुकडी फिल्ड एम्बुलेन्स गुल्ममा कार्यरत नेपाली सेनाका बिभिन्न पदमा रहेका ब्यक्तीहरुको नमुना स्वाब संकलन गरि परिक्षण गरेकोमा २९ जना नेपाली सेना कोरोना पोजेटिभ भएको पाईएको छ ।  त्यसैगरि दांगकै बबइ गाउंपालिका वडानम्बर ७ का १ जना र वडानम्बर ४ का २ जना रहेका छन ।