नेपालमा २३ हजार ९ सय ४८ जना कोरोना संक्रमित, ८३ जनाको मुत्यू

२७,साउन, नेपालगञ्ज/  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा २ जनाको मृत्यु भएको छ भने ६३८ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पछील्लो २४ घण्टामा प्रयोगशालामा १० हजार ४६२ जनाको पिसिआर बिधिबाट स्वाब परीक्षण गरिएकोमा काठमाडौं उपत्यकामा १३४ सहित ६३८ जनामा कोरोना संक्रमित भएको पाइएको हो ।

हाल सम्म नेपालमा कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । जसमध्य मंगलबार सम्म ८३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६४ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।