बिश्व युवा दिवसको अवसरमा नेपालमा राष्ट्रिय सम्मेलन सम्पन्न


२९ साउन, नेपालगञ्ज/  अन्तराष्ट्रिय युवा दिवसको अवसरमा  कोरोनाको महामारीमा युवाहरुको भुमिका र उत्प्रेरणा बिषयक राष्ट्रिय सम्मेलन बिहिबार सम्पन्न भएको छ ।

राष्ट्रिय युवा महासंघ नेपालको आयोजनामा अनलाईन मार्फत आयोजना गरिएको सम्मेलनमा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटाले युवाहरुले बदलिदो परिस्थिती सगै आफुले प्राप्त गरेको ज्ञान सिप र अनुभवको आधारमा आफु परिवर्तन  हुदैे राष्ट्र र जनताका निम्ती केही गर्न अगाढी सर्नुपर्ने बिचार ब्यक्त गर्नुभएको छ ।

युवाहरुलाई सकारात्मक परिवर्तनका लागि आफना आनीबानी र सोच बिचार के–कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बिषयमा केही उत्प्रेणात्मक बिषयवस्तु प्रस्तुत गर्नुभएका बास्कोटाले मानबीय स्वाभावमा सकारात्मक परिवर्तन बिना परिवर्तन असम्भव जस्तै रहेको बिषयमा संक्षिप्त सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले आफु परिवर्तन भएर समाजलाई सकारात्मक परिवर्तनका लागि डो–याउन सक्ने क्षमता युवा शक्तीमा हुनेभएकाले राज्यले युवाहरुको सकारात्म परिवर्तनका लागि सरोकारवालाहरुसंग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।

त्यसैगरी कार्यकम्रमा बिश्व राष्ट्रिय युवा महासंघका पूर्व उपाध्यक्ष समेत रहेर बिश्वका युवाहरुको अवस्थाका बिषयमा अध्ययन गरिसक्नु भएका, युथ भिजन २०२० मस्यौदाकार समितीका संयोजक तथा कर्णाली प्रदेशिक योजना आयोगका सदस्य योगेन्द्र शाहीले नेपालमा युथभिजन नितिमा ५ बुदामा समेटिएको बिषय बस्तु प्रस्तु गर्नुभएको थियो ।

बिश्वमा कोरोनाले हाल सम्म पारेको प्रभावको बिषयमा पनि संक्षिप्त प्रस्तुती गर्नुभएका शाहीले कोरोनाले हाल सम्म नेपालमा पारेको नकारात्मक असरहरुसंग युवाहरु जुध्न तयार रहनुपर्ने बताउदै यसले सृर्जना गर्नसक्ने सकारात्मक पक्षहरुको बिषयमा समेत आफनो प्रस्तुती गर्नुभएको थियो ।

युवासंग सम्वन्धीत बिभिन्न संस्थाहरु मार्फत नेतृत्व गरिरहनुभएका सुजन घले, महेन्द  थापा, प्रबिण रेग्मी, बिष्णु पौडेले नेपालका युवाहरुको अवस्था, चुनौती र ब्यवस्थापनका पक्षमा आ–आफना बिचारहरु  कार्यक्रमा सहभागीहरु बीच प्रस्तुत गर्नुभएको थियो ।

सो राष्ट्रिय सम्मेलनको सञ्चालन तथा ब्यवस्थापनमा सहयोगी भुमिका नेपालगञ्ज स्थित असल शासनको कार्यकारी निर्देशक नमस्कार शाह समेतले गर्नुभएको थियो ।