
१ भदौ,नेपालगञ्ज/ पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ५ सय ८१ कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो पछिल्लो तथ्यांक सहित नेपालमा हालसम्म संक्रमितहरूको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट १ सय ७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरी सोमबारसम्म ११३ जना कोरोना संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिएको छ ।
भेन्टिलेटरमा उपचाररत सबै संक्रमित वाग्तमी प्रदेशका छन् भने प्रदेश १ मा १ जना प्रदेश २ मा ४१ जना वाग्मती प्रदेशमा ५९ जना गण्डकी प्रदेशमा १ जना र प्रदेश ५ मा ११ जना कोरोना संक्रमितहरुको आईसीयूमा उपचाररत छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा १३४ जना निको भइ घर फर्किएका छन । हालसम्म १७ हजार ४ सय ९५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।
मन्त्रालयका अनुसार हाल मुलुकभर ९ हजार ६ सय ३९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा छन् ।
यस्तै, क्वारेन्टाइनमा बस्नेहरुको संख्या १५ हजार १ सय ९८ छ ।
हाम्रो संरचना । १ भाद्र २०७७, सोमबार १८:०८