हाम्रो संरचना बिहिबार, कार्तिक १३, २०७७ 36 Views

७ भदौ, नेपालगञ्ज / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछील्लो २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गरिएकोमा ८ सय १८ जना कोरोना संक्रमित नेपालमा थपिएका छन् ।

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कूल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको जानकारी दिनुभएको छ ।

कोरोना भाइरस संक्रमित मध्य हाल सम्म १८ हजार ६ सय ३१ जना निको भएको र पछील्लो २४ घण्टामा २८१ जना डिस्चार्ज भएका छन् ।आइसोलेसनमा १३ हजार १५५ र क्वारेन्टाइनमा ११ हजार ४१४ रहेको प्रवक्ता डा। गौतमले बताउनु भएको छ ।

२४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा आइतबार अपराह्‍नसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । नेपालमा पीसीआर परीक्षण आइतबारसम्म ६ लाख ४ सय ४४ जनाको गरिइसकेको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ ।