बर्दियाको राजापुरमा ठुलो मात्राको समान सहित तस्कर पक्राउ घटना प्रहरीबाटै मिल्ला मिल्ला जस्तो छ: स्थानिय सूचनादाता

 

८ भदौ, नेपालगञ्ज/  खुला सिमानाको फाइदा उठाउदै आएका तस्करहरुले नेपाल-भारत क्षेत्रमा कानुनी तथा गैर कानुनी समानहरु भन्सार छली आयात तथा निर्यात गर्ने क्रममा कुनै कमि नआएको बिभिन्न ठाउंमा प्रहरीले तस्करीका केही समानहरु पक्राउ गरिरहेको घटनाक्रमहरुले देखाएको छ ।

बांकेमा पछील्लो पटक प्रशासनले सिमा तस्करीलाई नियन्त्रण गर्ने रणनिति अख्तियार गरेपछी ठुला तस्करहरु बांके छोडेर बर्दियाको राजापुर, दांगको कोइलाबास र कपिलबस्तुको चन्द्रौटा तिर हानिएका छन भने बांकेमा पनि छिटफुट तस्करी जारि नै रहेको घटनाक्रमले देखाएको छ ।

यसैक्रममा स्थानिय स्तरमा लाइन मिलाएर भारततिर लग्न लागेको भनिएको ठुलो मात्राको नेपालको पहाडी तथा हिमाली क्षेत्रमा उत्पादन हुने ओखर र नेपालमा उत्पादन नहुने र तेस्रो मुलुकबाट आयात गरिएको छुहारा बर्दिया प्रहरीले आईतबार राती पक्राउ गरेको छ ।

बर्दिया प्रहरीले ठुलो सफलताको रुपमा लिएको उक्त घटनामा १३ वटा डल्लप लरियामा लोड गरिएको ३९५ बोरा ओखर र २ वटा लरियामा लोड गरिएको ५९ बोरा छुहारा भारत तर्फ लगिरहेको अवस्थामा बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ बेलसा भन्ने ठाउंबाट आईतबार राती १२ बजे प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता नायव उपरिक्षक मिन बहादुर घलेका अनुसार बिशेष सूचनाका आधारमा डिएपीको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टिमले राजापुरको बेलसामा ठुलो मात्रामा ओखर, छुहारा, डल्लप लरिया तान्ने १५जोडि रांगा, १५ वटा डल्लप लरिया र सो लरियाहरुमा लोड गरिएको ओखर र छुहारा सहित पक्राउ गरेको हो ।

पक्राउ परेको समानको बजार भाउ करीब ४४ हजार ६९ हजार ९ सय ९० रुपैया रहेको प्रहरीले अनुमान गरि घटनास्थलको मुचुल्का बनाएर राजापुर भन्सार कार्यालयलाई बुझाउने तयारी गरिरहेको बताइएको भए पनि हाल सम्म अनुसन्धानकै क्रममा रहेको सम्वधीत एरियाको प्रहरीले बताएको छ ।

स्थानिय स्तरमा मिलेमतोमा बिल भर्पाईहरु मिलाएर तस्करीको समान आयात–निर्यात हुदै आएकोमा आईतबार पुरै लावालस्करका साथ डल्लपहरुमा ठेलम-ठेल गरेर बोराका बोरा समान खांदेर गैर कानुनी तरीकाले समान भारत तर्फ लगिरहेकोले स्थानिय बासिन्दाले सम्वन्धीत ठाउंमा जानकारी दिएर पक्राउ गर्न दवाब दिएको स्रोतले बताएको छ ।

उक्त पक्राउ गरिएको समान गैर कानुनी तरिकाले समानहरु घाटगद्धी गरि भारत तर्फ तस्करी गर्ने क्रममा समानहरु पक्राउ परेपछी बर्दियाको राजापुर नगर पालिका वडानम्बर ४ मा बस्ने बर्ष ३२ को जावेद मनिहार र बर्ष ३० को रमेश ढुङ्गानालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका ब्यक्तीहरुलाई राजापुर इलाका प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गैर कानुनी रुपमा भारत तर्फ लगिरहेको ठुलो मात्राको समान प्रहरीले पक्राउ गर्ना बित्तिकै आवश्यक बिधि र प्रक्रिया मिलाएर राजापुर भन्सारलाई बुझाउनुपर्नेमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका लरियावाल, डल्लप लरिया, रांगा छोडि सकेको छ भने अनुसन्धानको नाममा पक्राउ परेको समानको बिल फर्पाई मिलाउने समय दिएर यसलाई पनि किनारा लगाउने प्रपञ्च भईरहेको घटनाक्रमले देखाएको छ ।

पक्राउ परेको ठुलो मात्राको समान कुन उदेश्य र त्यसको खपतका साथै यस अघिको ब्यवसायको प्रबृती हेरेमा समान तस्करीको हो कि होइन भन्ने सजिलै थाह हुने र पछी कथित पान बिल र भ्याट बिलका नाममा मिलान गरि सिमा क्षेत्रमा हुने कुनै पनि अबाञ्छी क्रियाकलापलाई प्रोत्सहान नदिएर पक्राउ परेकाहरुलाई ततकाल सम्वन्धीत निकायमा कार्बाही प्रक्रियाका लागि पठाउनुपर्नेमा हाल सम्म प्रहरी नपठाएको र पठाए पनि मिलेमतो प्रक्रिया मिलाएर पठाउन सक्ने बातावरण बन्दै गएको घटनाको स्थानिय सूचनादाताहरुले समेत आशंका उब्जीएको बताएका छन ।

उता बर्दियाको बांसगढी नगरपालीका वडानम्बर ५ मा रहेको अरबिन लामीछानेको घरमा प्रेम अधिकारीले सञ्चालन गर्दे आएको नमुना स्टोर फैन्सी पसलमा आगलागी हुदा करीब ३० लाख बराबरको पसलको धनमालको हानी नोक्सानी भएको इलाका प्रहरी कार्यालय मोतीपुरलाई उधृत गर्दे जिल्ला प्रहरी कार्यालय बर्दियाले ५ नम्बर प्रदेश प्रहरी कार्यालयलाई सञ्चार जाहेर गरेको छ ।

त्यसैगरि बर्दियाको बासगढी नगरपालिका वडानम्बर ४ मदाहा बस्ने बर्ष ५५ को ललिराम थारु आफ्नै घरदेखि २०० मिटर दक्षिण पश्चिम रहेको आँपको रुखमा झुण्डीएको अवस्थामा रहेको र इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट थप अनुसन्धान बर्दिया प्रहरीले जानकारी दिएको छ । बर्दियाको राजापुर पछी सबै भन्दा बढी बारदात हुने र ठुलो एरिया क्षेत्र इलाका प्रहरी कार्यालय मोतीपुरको पर्दछ ।