कोरोना संक्रमितहरुको उपचारमा रहेका कामनाहरुको दिनचर्या नै परिवर्तन: सरकारले तोकेको भत्ता नपाउदा मन अमिलो

दिनदुखी र असहायताहरुको बिशेष ख्याल गर्ने गरेर स्वास्थ्यक्षेत्रमा क्यारियर बनाउने भनेर हाम फालेका युवतीहरुको सामूहित तस्बीर

८ भदौ, नेपालगञ्ज/  नेपालगञ्जको हडिया बाबा रोड बस्ने २१ ब्र्षिय कामना थापाको जस्तै कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मिहरुको दैनिक दिनचर्या कोरोनाको कहरसंगै फेरिएको छ ।

सुपरभाइजरको निर्देशन र पूर्व योजना बमोजिम कामना थापा बांकेको खजुरामा रहेको कोभिड बिशेष अस्पतालमा १४ दिन लगातार कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुन्छीन । १४ दिन पछी सिधै आफु जस्तै स्वास्थ्यकर्मिहरुको लागि बनाइएको क्वारेन्टाइनमा ७ दिन तोकिएको बमोजिम बस्छीन र त्यसपछी कोरोना संक्रमित उपचार गर्दा कतै आफुलाई पनि भाइरसको संक्रमण भएको छ कि भनेर पिसिआर परिक्षण गराएर रिपोर्ट नेगेटिभ आए पुनः भेरी अस्पतालमा अन्य स्वास्थ्यकर्मिहरु सगै उपचारमा संलग्न हुन्छीन । यो कामनाको मात्र होइन, कोरोनाको महामारीको संक्रमण रोकथाम तथा उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिहरुको दिनचर्या परिवर्तन भएको छ ।

भेरी अस्पताल मार्फत कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्टाफ नर्स कामना थापा ।

 बिश्वभरी नै कोरोनाको कहर सुरु भएसगै नेपालमा पनि नेपाल सरकारले यथावत जनशक्तीमा थप गरि कोरोना संक्रमितहरुको उपचारका लागि बिशेष अस्पतालको ब्यवस्थापन सगै उपचारमा दक्ष जनशक्तीको पनि ब्यवस्थापन माग गरेकोमा यसप्रती दक्ष जनशक्तीहरुको आकर्षण घटदै गएको छ ।

गत बर्षको चैत्रमा भेरी अस्पताल मार्फत ४३ जना स्वास्थ्यकर्मिहरुको जनशक्ती माग भएकोमा सुरु मितिमा कामना थापा सहित ६ जनाले मात्र निवेदन दिएकोमा सेवा र सुबिधामा सतप्रतिशत भत्ता दिने भनी प्रचारप्रसार गर्दा पनि मुस्किलले ५ जना डाक्टर र १८ जना नर्सहरुले सेवाका लागि आवेदन दिएका थिए ।

कोरोनाको कहरसगै पारिवारिक दवाब र साथीभाईहरुको समेत सकारात्मक सोचाई नरहेको अवस्थामा कामना लगायतका स्वासथ्यकर्मिहरुको टिम भेरी अस्पतालको टिमसंग कांधमा साथ मिलाएर अगाढी बढीरहको छ । मन भित्र कतै मलाई पनि कोरोनाले संक्रमण गर्छकी भन्ने भित्री डरका बावजुद बिरामीहरुको उपचारमा अग्रपक्तीमा खटिने कामनाहरु जस्तै बिस्तारै आत्मबल बलियो बनाएर उपचारमा लाग्ने गरेको अनुभव सुनाउछन पनि थालेका छन ।

कामना सहित कोरोना संक्रमितहरुको उपचार कोरोना बिशेष अस्पताल खजुरामा बीचमा डाक्टरर संकेत रिसाल समेत

भेरी अस्पतालले आफुसंग रहेको र नयां भर्ना गरि लिएको जनशक्तीलाई एउटा गु्रपमा २ जना डाक्टर र ३ जना नर्सहरु रहनेगरि आलोलापो गर्ने गरि ८ वटा गु्रप बनाएर बांकेको बिभिन्न ठाउंमा रहेका आइसोलेसन तथा अस्पतालमा कोरोना संक्रमितहरुको रेखदेख तथा उपचार गरिरहेको छ ।

भेरी अस्पतलामा रहेका स्थायी स्वास्थ्यकर्मि तथा डाक्टरहरुले नियमित तलब र शत प्रतिशत भत्ता सरकारले तोके बमोजिम बडो मुस्कत पछी पाएका छन भने कामना जस्तै कोरोना संक्रमिहरुको उपचारमा संलग्न खजुराकी गिताञ्जली देखी उर्मिला, मनिषा, ज्योती, बिन्दु, रञ्जना, कमला, अलिसा ममता, सुनिता दीपीका आश्मा, ममता, सदिक्षा। कमला, ज्योती जस्ता नर्सहरु र डाक्टरहरु कसैले पनि शतप्रतिशत भत्ता नपाएको पिडितहरुले भत्ताको लागि फोन गरेर उपलब्ध गराईदिन आग्रह गर्ने गरेको जनस्वास्थ्य कार्यालय बांकेका एक जना अधिकारीले जानकारी दिनुभएको छ ।

डाक्टर सहित ४३ जनाको भ्याकेन्सी गर्दा कोरोनाको डरत्रासका साथै समाजमा त्यसको नकारात्म प्रभावले ५ जना डाक्टर र १८ जना नर्सहरु भर्ना गरेर सेवा दिइरहेकोमा तिनिहरुलाई भर्ना गर्दा तोकिएको शतप्रतिशत भत्ता प्रदेश कार्यालयबाट निकासा भएपछी दिनेगरि सम्झौता गरिएकोमा उक्त रकम हाल सम्म प्राप्त नभएकोले अस्थाइलाई शतप्रतिशत भत्ता दिन नसकिएको ति अधिकारीहरुले जानकारी दिएका छन ।

प्रत्यक्ष रुपमा कोरोना संक्रमितको उपचारमा संलग्न भएको ब्यक्तीलाई प्रोत्साहन भत्ता नेपाल सरकारले दिने भनी घोषणा गरेको बिषयमा आफुहरुले गुनासो र जानकारी गराएकोमा हाल ५ महिना बिति सक्दा पनि प्रोसाहन भत्ता भनेर तलबमा थप १२ हजार मात्र दिएको र अन्य आश्वासन मात्र पाउने गरेको पिडितहरुले जानकारी गराएका छन । गत चैत्रमा भर्ना गरिएका ति कोरोना संक्रमितको उपचारमा संलग्न ५ जना डाक्टर र १८ जना नर्सहरुको साढे ५ महिना बितिसक्दा भत्ता नपाएको जानकाी दिएका छन ।

कोरोना संक्रमण बिरामीको उपचारका लागि स्थायी कर्मचारीहरु अग्रपक्तीमा खटन अनकनउने र अस्थाईलाई पालैपालो खटाईएकोमा एकातिर समाजको यिनिहरुबाट कोरोना सर्छ भनेर हेय र शंकाको तिरस्कार सहनुपरेको छ भने अर्कोतिर परिवारबाट टाडा रहेर आफनो दायित्व पुरा गरिरहेकोमा आफुसगै काम गर्ने स्थायीका नाममा शतप्रतिशत प्रोत्साहन भत्ता पाउंदा आफुहरुले नपाउदा आफुहरुको श्रम अवमुल्य र बिभेदको अनुभुती भएको पिडितहरुले बताएका छन ।