बाँकेमा हाल सम्म ३ पत्रकार ३८ स्वास्थकर्मी ९६ जना सुरक्षाकर्मी र ४० जना अन्य रास्ट्रसेवक कर्मचारी संक्रमित(अपडेट)

आज २६ जना भर फर्किदै List

 

९ भदौ, नेपालगञ्ज/  गत साउन २६ गतेको रिपोर्टबाट कोरोना पाजेटिभ भएकाहरु मध्य आज २६ जना संकमितिहरु सामन्य अवस्थामा आइसोलेसनबाट घर फकिदै छन ।

नेपालगञ्जको धम्बोजीमा रहेको सिटि प्यालेस होटेलमा पेड आइसोलेसन रहेका ५ जना महिला र १६ जना पुरुष गरि गरि २१ जना र बांकेको पिपिरीमा रहेको खुल्ला कारागारमा बनाइएको आइसोलेसनबाट २ जना महिला र ३ जना पुरुष गरि ५ जना रहेका छन ।

घर जानेहरुमा नेपालगञ्जका १६ जना, कोहलपुरका ८ जना राप्तीसोनारी १ जना र जानकीका १ जना रहनु भएको छ । जनस्वास्थ्य कार्यालय बांकेको रिपोट अनुसार मंगलबार जम्मा २६ जना आइसोलेसनका सम्भाबित जोखिमका दिनहरु कटाएर घर फर्किदै हुनुहुन्छ ।

कोरोना पोजेटिभ भएका ब्यक्तीहरुमा संक्रमणको सुरुका दिनदेखी ८ देखी १४ दिन भित्र पिसिआर चेक गर्दा पोजेटिभ रिपोर्ट आउने र ढिलो गरि गराएमा झुक्याउन सक्ने भएकाले यो भाइरसका यो नै गुण अवगुण भन्ने अझै सम्म ठयाक्कै भन्न सक्ने अवस्था छैन । यसका बिषयमा अनेकन खोज अनुसन्धान भइरहेको अवस्था छ ।

हाल सम्मको बिश्वस्वास्थ्य संगठनको गाइडलाइन अनुसार कोरोना संक्रमितहरु पाइएमा सम्भाबित जोखिम कम गर्न अवस्था हेरेर आइसोलेसन देखी भेन्टीलेटर सम्मको सूबिधामा राखेर बिरामी उपचार गर्नुपर्ने भएकाले पोजेटिभहरुलाई आइसोलेसनमा राखेर चिकित्सकको निगरानीमा राख्ने गरिएको छ ।

भेरी अस्पतालको रिपोर्टको आधारमा हाल सम्म १८ हजार ४५ जनाको पिसिआर चेकजांच गरिएकोमा ८३५ जना कोरोना संकमितहरु पाइएको छ । संकमित पाइएकाहरु मध्य हाल सम्म बांकेका ४ जनाको मुत्यु भएको र ६५४ जना बिभिन्न ठाउंबाट निको भई घर फिर्ता हुनुभएको छ भने हाल हाल २०१ जनाको स्वाब संकलन गरि परिक्षणको लाइनमा रहेका छन ।

मंगलबार २६ जना फिर्ता भएपछी बाहिरि जिल्लाका १ जना सहित १७८ जना कोरोना संक्रमितहरु अझै बांकेका बिभिन्न आइसोलेसज सेन्टरमा रहनु भएको छ ।
यस अघि कोरोना संक्रमण तथा बिस्तार रोकथामका लागि बांकेका ८ वटै स्थानिय तहमा क्यारेन्टाइन तथा आइसोलेसको बवस्थापन गरिएको थियो ।

पछील्लो समय नेपालगञ्ज र कोहलपुरमा कोरोना संकमितहरुको सख्यामा बृद्धि भएसगै संक्रमितहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रहेका ब्यक्तीहरुको मुभमेन्ट लाई रोकी थप जोखिमलार्य न्यूनिकरण गर्न स्थानिय निकायहरुले प्रशासनको सहयोगमा निषेधआज्ञा समेत लगाउनु परेको छ ।
बांकेमा पत्रकार,डाक्टर, नर्स, बिभिन्न कार्यालयका सरकारी कर्मचारीहरु, ब्यापारी, राजनिति दलका नेता लगायत सर्वसाधरणहरुलाई कोरोना संक्रमित भएको पाइएको छ । त्यसैगरी भेरी अस्पतालकै वरिष्ठ फिजिसएन डा. राजन पाण्डेलाई बुधबार कोरोना भाइरस संक्रमण देखिएको छ ।

कोरोना विरुद्धको युद्धमा हालसम्म बाँकेमा ३ जना पत्रकार ३८ जना स्वास्थकर्मी ,९६ जना सुरक्षाकर्मी र ४० जना रास्ट्रसेवक कर्मचारी समेत संक्रमित भएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मंगलबार बाँकेमा ७ जना डाक्टरलाई कोरोना संक्रमण भइसकेको छ ।

भेरी अस्पतालमा कार्यरत नेपालगञ्जका २ जना   फिजिसियन डाक्टरद्वय राजन पाण्डे र संकेत रिसाललाई कोरोना संक्रमण भएको छ ।

नेपाली सेनाको राँझा स्थित आर्मी अस्पतालका १ जना दन्त चिकित्सकलाई पनि कोरोना भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा.रोमा बोरा सहित ४ जना डाक्टरलाई पनि कोरोना भएको छ ।

त्यसैगरी संक्रमित हुनेमा १७ जना नर्स, ६ जना पारामेडिक्स, ७ जना सहयोगी र १ जना प्रयोगशालाका रहेका छन् ।