९ भदौ,नेपालगञ्ज/ नेपालगञ्ज उद्योग वाणिज्य संघले भेरी अस्पतालमा कोभिड–१९ बिशेष अस्पताल निर्माणका लागि ५ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै संघले मंगलवार अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड–१९ बिशेष अस्पतालका प्रमुख डा.श्यामसुन्दर यादवलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन तथा रोकथाम का लागि बाँकेका निजी क्षेत्र सक्रियतापूर्वक लागेको स्मरण गर्दै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि जारी रहने जानकारी गराउनुभयो ।
अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा कोभिड बिशेष अस्पतालका प्रमुख डा.यावदले धन्यवाद दिनुभयो ।
सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले स्वास्थ्य मापदण्ड पालना बाँकेमा पछिल्लो पटक सन्तोषजनक भएको तर त्यसैमा हौसिने अवस्था नरहेकोले सबै नागरिकहरू सचेत रहन आग्रह गर्नुभयो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले कोभिड-१९ बिशेष अस्पताल सहित यसअघि पनि संघले विभिन्न क्षेत्रमा आर्थिक एवं स्वास्थ्य सामाग्रीको सहयोग गरेको जानकारी दिनुभएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा बाँकेमा प्रहरी प्रमुख ओम राना, नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, संघका पदाधिकारी, एशोसिएसट सदस्य एवं कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
यसअघि बाँकेकाप्रमुख जिल्ला अधिकारीले रामबहादुर कुरुम्वाङले बिपत ब्यबस्थापन समिति बाँकेेको बैठकमा निर्णय गर्दै बाँकेका उद्योगी व्यापारी तथा निजी क्षेत्रहरुलाई भेरी अस्पतालमा कोभिड-१९ बिशेष अस्पताल स्थापनाका निम्ति सार्वजनिकरुपमा आफ्नोो फेसबु पेजमार्फत सर्वसाधारण सबैलाई आह्वान गर्नुभएको थियो
हाम्रो संरचना । ९ भाद्र २०७७, मंगलवार १८:३४