बाँकेमा नेपाली सेनाका ५१ र अन्य २६ जना गरी एकैदिन ७७ जनामा कोरोना संक्रमण (अपडेट)

    Report: स्वास्थ्य कार्यालयबाट

 

१० भदौ,नेपालगञ्ज/ बाँकेमा बुधबार नेपाली सेनाका ५१ र अन्य २६ जना गरी एकैदिन ७७ जनामा कोरोना संक्रमित भएको पाइएको छ ।

बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा रहेको कोरोना परीक्षण ल्याबको रिपोर्ट अनुसार बुधबार नेपालगञ्जमा रहेका र विभिन्न जिल्लामा घर भई नेपालगञ्जमा कार्यरत गरी २२  जना व्यक्तिहरुमा कोरोना संक्रमित भएको पाइएको छ ।

जसमा बर्दियाको बाँसगढी नगरपालिका वडा नं ९ माछागढका १ जना, तनहुँका १ जना, सुर्खेतका १ जना अन्य बाँके कै खजुरा, बैजनाथ, कोहलपुर र नेपालगञ्ज क्षेत्रका रहनुभएको छ ।
त्यसैगरी बुधबार नै बाँकेको कोहलपुर, कौशीला नगरमा रहेको नेपाली सेनाको कार्यालय परिसरमा रहेका नेपाली सेनाहरूको बागेश्वरी कोरोना परीक्षण ल्याबमा आरटीपीसीआर बिधी बाट परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमित भएको पाइएको छ ।

बागेश्वरी कोरोना परीक्षण ल्याबमा गरिएको उक्त परीक्षणमा बाँकेमा रहेका सेनाहरु थप ५१ जना र अन्य ४ गरी ५५ जना संक्रमित भएको पुष्टि भएको छ ।
भेरी अस्पतालमा रहेको ल्याबमा गरिएको परीक्षणमा बाँकेको नेपालगञ्जमा रहेको दूरसञ्चार कम्पनी लिमिटेड कार्यालयका ८ जना  कर्मचारी सहित २२ जनामा बुधबार कोरोना संक्रमित भएको पाइएको हो ।

यो तथ्याङ्क सगै बाँकेमा कोरिने संक्रमित हुने को संख्या ९२० जना पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल ब्यक्ती नरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

सम्बन्धित शीर्षक