१० भदौ, नेपालगञ्ज / बाँकेमा बुधबार नेपाली सेनाका ५१ र अन्य २२ जना गरी एकैदिन ७३ जनामा कोरोना संक्रमित पछिल्लो २४ घण्टा नेपालमा ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
काठमाडौं उपत्यकामा ३०१ सहित ८सय ८५ जना कोरोना बुधबार संक्रमित थपिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो ।
बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ भने कोरोनाबाट मृतकको संख्या १७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टा थप ११ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भक्तपुरकी ५३ वर्षीया र मोरङकी ४६ वर्षीया महिला हुन्।
त्यस्तै कैलालीका दुई, महोत्तरीका ३, बाँकेका १ काठमाडौंका १ र बाराका २ जना पुरूष रहेका छन ।
हाम्रो संरचना । १० भाद्र २०७७, बुधबार १७:०९