नेपालमा कोरोना कहर: पछिल्लो २४ घन्टामा १२ सय २१ जना संक्रमित, हाल सम्म २ सय २१ जनाको मुत्यू

१४ भदौ,नेपालगञ्ज/   हाल सम्मकै दैनिक उच्च अंक सहित आईतबार १२ सय २१ जना कोरोना संक्रमित थपिएका छन भने १४ जनाको मुत्यू भएको पुष्टि छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षण गरिएकोमा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टी भएकाहरुमा काठमाडौं उपत्यकामा थप ४ सय २९ जना सहित नेपाल भर १२ सय २१ संक्रमित फेला परेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुर जिल्लामा १२ र भक्तपुर जिल्लामा ४५ जनामा पछील्लो २४ घण्टामा संक्रमण भएका ब्यक्तीहरुको परिक्षणको क्रममा पुष्टि भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

नेपालमा आइतबार सम्म  ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर परीक्षण गरिएको छ भने कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको प्रवक्ता गौतमले सो सम्मेलनमा जानकारी जानकारी दिनुभएको छ । पछील्लो २४ घन्टामा २६७ जना निको भएर घर फर्किएका छन् भने १४ जनाको मृत्यु भएको  छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १० पुरुष र ४ महिलाको मृत्यु भएको छ । मुत्यू हुनेहरुमा सुनसरीकी – ७४ वर्षीया, बाराकी -४७ वर्षीया, महोत्तरीकी – ६२ वर्षीया, काठमाडौंकी – ७२, वर्षीया महिलाहरु रहनुभएको छ । त्यसैगरि सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय, महोत्तरीका ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासी पूर्व ६२ वर्षीय, रुपन्देहीका ५७ वर्षीय र रुपन्देहीका ६७ वर्षीय पुरुषहरु रहनुभएको छ ।   यो पछील्लो १४ जनाको मुर्तकको संख्या सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २१ जना पुगेको छ ।

त्यसैगरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ ।
मन्त्रालयले पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो ।