नेपालगञ्ज स्थित पूर्वाधार विकास कार्यालयका  इन्जिनियर मनिष अख्तियारद्वारा पक्राउ


१४ भदौ, नेपालगञ्ज / नेपालगञ्जको राम लीला मैदान स्थित भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका सिनियर इन्जिनियर मनिष कुमार अर्याल आईतबार बुटवलबाट घूस रकम सहित अख्तियारले पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकम सहित अर्याललाई आइतबार पक्राउ गरेको जानकारी दिएको छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख समेत रहेका इन्जिनियर अर्याललाई अख्तियारको टोलीले बुटवल स्थित भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट आईतबार अपरान्ह पक्राउ गरेको हो ।
इन्जिनियर मनिष कुमार अर्याल घुसको रकम बोकेरै मन्त्रालय आएको गोप्य सूचनाका आधारमा ६६–१–०७६१ नम्बरको गाडी सहित आयोगको स्टिङ अपरेसनबाट अर्याललाई नियन्त्रणमा लिइएको बुटवलस्थि अख्तियार कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभएको हो ।