कोहलपुरमा रहेको आरुष बाण्डको पानी उद्योगमा सिलबन्दी

१६ भदौ, नेपालगञ्ज / बांकेको कोहलपुर नगरपालिका वडानम्बर १२ स्थित कञ्चन मिनरल वाटर उद्योगमा जिल्ला प्रशासन कार्यालय समेतको अनुगमन समितिले मंगलबार अपरान्ह सिलबन्दी गरेको छ ।

कञ्चन मिनरल वाटर उद्योग बाट प्रशोधित आरुष ब्रान्डको सिल प्याक गरिएको बोटलको पानीमा फोहोर भेटिएको हुदा उद्योगलाई तत्काल शिलबन्दी गरि परिक्षणको लागि नेपालगञ्ज स्थित खाद्यय प्रयोगशाला पठाइएको बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताउनु भएको छ ।
स्थानिय उपभोक्ताको सूचनाको आधारमा आरुष बाण्डको पानीमा फोहर देखीएपछी प्रशासनले ततकाल एक्सन लिदै फोहर पानी नियन्त्रणमा लिदै ततकाल अनुसन्धानको क्रममा उद्योगमा कैफियत हुनसक्ने आशंका सहित उद्योगमा सिलबन्दी गरेको छ ।

प्रशासनले सिलबन्दी गरिएको भांडोमा पानी फोहर घटनामा कुनै पनि कैफियत भेटिएमा कालो बजार ऐन अन्तरगत ततकाल मुद्दा चलाई हदै सम्मको कारबाही गरिने प्रजिअ कुरुम्वांगले बताए पनि खाद्य प्रगोगशाला र सडक डिभिजनमा खिया लागेका प्राबिधिज्ञ परिवर्तन नगरे सम्ममा बैधानिक मिलेमतोमा काम चलिने नै रहने भुक्तभोगिहरुले बताउने गरेका छन । ।